तोकिएकोभन्दा बढी भाडा नलिन धादिङ यातायातको निर्देशन: जनगुनासो बढेपछि कडा चेतावनी
103 पटक पढिएको
धादिङ, २६ भदौ। विपद्को मौका छोपी धादिङका यातायातले मनपरी भाडा असुलिरहेको जनगुनासो व्यापक रूपमा बढेपछि धादिङ मण्डली यातायात प्रा.लि.ले विज्ञप्ति जारी गर्दै बढी भाडा नलिन यातायात व्यवसायीहरूलाई कडा निर्देशन दिएको छ।
कम्पनीका अध्यक्ष शरद अधिकारीले भदौ २६ गते शुक्रवारजारी गर्नुभएको विज्ञप्तिमा सार्वजनिक यातायातमा यात्रा गर्दा सरकारले तोकिएको निर्धारित भाडादर मात्रै तिर्न यात्रुहरूलाई आग्रह गरिएको छ। तोकिएकोभन्दा बढी भाडा मागेमा यात्रुले अतिरिक्त रकम नदिन र बढी भाडा असुलीबारे सम्बन्धित निकायमा तत्काल जानकारी गराउन अनुरोध गरिएको छ।
चालक तथा सहचालकलाई लक्षित गर्दै विज्ञप्तिमा भनिएको छ, “यात्रुसँग निर्धारितभन्दा बढी भाडा नलिनुहोला।” बढी भाडा असुल्दा यात्रु र यातायातकर्मीबीचको विश्वासमा गम्भीर असर पर्ने भन्दै यातायात व्यवसायी, चालक तथा सहचालकलाई तोकिएको भाडादरको पूर्ण पालना गर्न सचेत गराइएको छ।
यदि कोही यातायातकर्मीले तोकिएकोभन्दा बढी भाडा मागेमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा ट्राफिक प्रहरीमा उजुरी दिनसमेत यात्रुहरूलाई विशेष आग्रह गरिएको छ।
धादिङबाट सार्वजनिक यातायात सेवा दिने संस्थाहरूमा धादिङ मण्डली यातायात प्रा.लि., ग्रामीण यातायात सहकारी संस्था लि., धादिङ ग्रामीण यातायात प्रा.लि., सुनौला भैरवी यातायात प्रा.लि. लगायत रहेका छन्। यीमध्ये धादिङ यातायात जिल्लाकै पुरानो व्यावसायिक संस्था हो। हाल बढेको भाडा वृद्धिको विवादका विषयमा भने धादिङ यातायातबाहेकका अन्य यातायात संस्थाहरूले हालसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन्।
विपद्का कारण सास्ती खेपेर यात्रा गरिरहेका धादिङका यात्रुहरूसँग यातायात व्यवसायीहरूले मनलाग्दी भाडा असुलिरहेको गुनासो बढेको थियो। बाढीपहिरोका कारण झोलुङ्गे पुल तर्दै कष्टपूर्ण यात्रा गर्न बाध्य नागरिकहरूसँग सरकारले तोकिएको मापदण्डविपरीत अत्यधिक भाडा असुलिन थालेपछि सर्वसाधारणबाट गम्भीर प्रश्न उठाइएको थियो।
भोटेकोशी बाढीले पृथ्वीराजमार्गबाट धादिङबेसी आउने फुर्केखोला परेवाटारको पक्की पुल बगाएपछि सदरमुकाम धादिङबेसीबाट काठमाडौँको सिधै यातायात सम्पर्क टुटेको थियो। यसबीचमा यात्रुहरू काठमाडौँबाट विहानी पम्पसम्म र धादिङबेसीबाट खरमटारसम्म यात्रा गरेर झोलुङ्गे पुल तरी अर्को मोटर चढ्ने गरेकोमा व्यवसायीहरूले साविकको भन्दा बढी भाडा असुलेका कारण विवाद भएको हो।
धादिङ–काठमाडौं रुटमा यसअघि साविक ३२० र ३६० रुपैयाँ रहेको भाडा बढाएर हाल ४५० र ५०० रुपैयाँसम्म असुल्ने अधिकार कसले दियो भन्दै नागरिकस्तरबाट तीव्र आक्रोश पोखिएको थियो। विशेषगरी फुर्केखोला पुल बाढीले बगाएपछि वैकल्पिक बाटो हुँदै यात्रा गर्नुपर्ने बाध्यतामा रहेका यात्रुसँग यसरी मनोमानी ढङ्गले भाडा असुल्नुप्रति सरोकारवालाहरूले रोष प्रकट गरेका थिए। विपद्को यस्तो कठिन अवस्थामा यात्रुको बाध्यताको फाइदा उठाएर अतिरिक्त भाडा असुल्नु कानुन र प्रशासनले स्वीकार गरेको व्यवस्था हो कि होइन भन्ने प्रश्नसमेत खडा भएको थियो।
केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवसायी, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको बैठकले धादिङबेसीबाट परेवाटार हुँदै आदमटार, केउरिनीटार भएर पृथ्वीराजमार्गको मास्टार सडक खण्ड कच्ची भएका कारण सो खण्डमा चल्ने सवारीसाधनले मात्रै साविकको भाडामा ५० रुपैयाँ बढाएर लिन पाउने निर्णय भएको थियो। तर, यातायात व्यवसायीहरूले भने वैकल्पिक सडक प्रयोग नगरीकनै मनलाग्दी भाडा लिन थालेका हुन्।
यस विषयमा सम्बन्धित यातायात समितिहरूको आधिकारिक धारणा के हो? अनि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनलाई यसबारे जानकारी छ कि छैन वा जानकारी भएर पनि मौन बसेको हो भन्ने प्रश्न सर्वत्र चर्चाको विषय बनेपछि अन्ततः धादिङ यातायातले विज्ञप्तिमार्फत यसमा स्पष्टीकरण र निर्देशन जारी गरेको हो।









The graphics on these slots are top notch. It feels much more immersive than other sites I’ve tried. ph20jili is definitely my new favorite spot.
Great customer support and very easy registration. I feel safe playing here because everything is transparent. Love vnsv168.
Clean design and very easy to navigate. I didn’t have to struggle at all to find my favorite games. Great job by vnopen8.
Everything works perfectly on mobile. It is so convenient to play anywhere anytime with juanphlogin