मुगु केन्द्रविन्दु भएर आज बिहान दुई पटक भूकम्पको धक्का

4 पटक पढिएको

३१ भाद्र २०८३, बुधबार ०७:२० सम्पादक: धादिङ न्यूज

काठमाडौं । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुलाई केन्द्रविन्दु बनाएर आज बिहान लगातार दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कलाई केन्द्रविन्दु भएर बुधबार बिहान १:५१ बजे र ४:२८ बजे भूकम्पका धक्काहरू मापन गरिएका हुन्।

केन्द्रका अनुसार बिहान १:५१ बजे ४.५ म्याग्निच्युड र त्यसको केही घण्टापछि बिहान ४:२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का मुगुका साथै छिमेकी जिल्लाहरूमा पनि महसुस गरिएको थियो।

भूकम्पका कारण कुनै भौतिक वा मानवीय क्षति भए/नभएकोबारे विवरण आउन बाँकी रहेको र स्थानीय प्रशासनले स्थितिबारे जानकारी लिइरहेको छ।

पश्चिम नेपालमा पछिल्लो समय साना तथा मझौला खालका भूकम्पका धक्काहरू निरन्तर गइरहेका छन्।