धादिङ क्षेत्र नं. १ बाट देउवा पक्ष कांग्रेसका ३५ महाधिवेशन प्रतिनिधि चयन
23 पटक पढिएको
धादिङ- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय अधिवेशनबाट धादिङ प्रतिनिधि सभा क्षेत्र नं. १ को नेतृत्व र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
अधिवेशनले क्षेत्रीय सभापतिमा ऋषिलाल श्रेष्ठलाई चयन गरेको छ। त्यसैगरी, प्रदेश सभा क्षेत्र नं. १ (क) को सभापतिमा सुजन पाण्डे र प्रदेश सभा क्षेत्र नं. १ (ख) को सभापतिमा राजु बर्तौला चयन भएका छन्।
उक्त अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि विभिन्न समूह र क्लस्टर समेटेर ३५ जना प्रतिनिधिहरू सर्वसम्मत रूपमा छानिएका हुन्।
चयन भएका महाधिवेशन प्रतिनिधिहरूमा खुलातर्फ विकास अधिकारी, माधव राज पाण्डे, रवि सुदन थापा, परशुराम खतिवडा, अच्युत कोइराला, सुरेन्द्र प्रजा, ज्ञानेन्द्र सिलवाल, श्याम सुवेदी, विष्णु प्रसाद अर्याल र दिपेन्द्र पाठक रहेका छन्।
त्यसैगरी समावेशी क्लस्टरतर्फ श्याम लामा, विरबल राई, वीरबहादुर तामाङ (अमृत), बासुदेव जमकट्टेल, विदुर अकौंलिया, मोनिका चेपाङ (बच्चु), राजेन्द्र प्रजा, सुदिप लामा, सीता राई र टिका पाण्डे चयन भएका छन्।
महिला खुलातर्फ संगीता खतिवडा पण्डित, सरस्वती पण्डित, ईश्वरी थापा र राज्यलक्ष्मी श्रेष्ठ प्रतिनिधि बनेका छन् भने युवा समूहबाट हरि कुमार पाण्डे, लक्ष्मी लामिछाने, समिर आचार्य र इ. प्रेरणा खतिवडा चयन भएका छन्।
यसैगरी अपाङ्गतातर्फ राजकुमार खड्का, पेशागत श्रमिकतर्फ रामकुमार पौडेल र पुष्कर कोइराला, प्रजातन्त्र सेनानीतर्फ महेन्द्र डल्लाकोटी र श्यामचन्द्र गोतामे तथा अन्य विज्ञ समूहबाट बुद्धिमान तामाङ र गौतम सुवेदी महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।







