डा. दिनेश रेग्मीको अध्यक्षतामा लायन्स क्लब अफ धादिङ समाज गठन
21 पटक पढिएको
धादिङ -सामाजिक सेवा, मानवीय सहयोग तथा सामुदायिक विकासमा योगदान पुर्याउने उद्देश्यका साथ लायन्स इन्टरनेसनल, डिस्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत ‘लायन्स क्लब अफ धादिङ समाज’ को स्थापना भएको छ। २०८३ असोज २८ मा आधिकारिक रूपमा चार्टर प्राप्त गरेको यस क्लबको संस्थापक अध्यक्षमा लायन डा. दिनेश रेग्मी चयन हुनुभएको छ।
लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको प्रायोजनमा स्थापना भएको यस क्लबको संस्थापक अध्यक्षमा लायन डा. दिनेश रेग्मी रहनुभएको छ भने प्रथम उपाध्यक्षमा लायन इन्द्रबहादुर खतीवडा, द्वितीय उपाध्यक्षमा लायन अशोक खनाल, सचिवमा लायन डा. रेशमविक्रम सिञ्जाली, कोषाध्यक्षमा लायन डा. प्रियजन पाण्डे, सहसचिवमा लायन डा. अनिल गुरुङ र क्लब प्रशासकमा लायन पवित्रा लम्साल चयन हुनुभएको छ।
त्यस्तै, सेवा कार्यक्रम अध्यक्षमा लायन डा. विजयबाबु धमला, सदस्यता अध्यक्षमा लायन अशोक वि.क., मार्केटिङ अध्यक्षमा लायन उद्धव रिजाल तथा क्लब निर्देशकमा लायन राजेश गुरुङ रहनुभएको छ।
क्लबका कार्यसमिति सदस्यहरूमा लायन कुमार आचार्य, लायन दीपककुमार श्रेष्ठ, लायन सीता विश्वकर्मा, लायन अर्पण पोखरेल, लायन सुशील लम्साल र लायन कृष्णकुमार भट्ट हुनुहुन्छ।
क्लब स्थापनाको नेतृत्व तथा विस्तारमा लायन विक्रम विश्वकर्मा र लायन राजाराम रिजालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ भने संरक्षक एवं गाइडिङ लायनका रूपमा लायन कृष्णबहादुर पौडेल र लायन बद्री अधिकारी रहनुभएको छ।
नवस्थापित क्लबले स्वास्थ्य सेवा तथा जनचेतना अभिवृद्धि, रक्तदान, सामुदायिक तथा मानसिक स्वास्थ्य सचेतना, वृक्षरोपण, वातावरण संरक्षण, जलवायु परिवर्तनसम्बन्धी जनचेतना र विपद् प्रभावितहरूलाई राहत सामग्री उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखेको छ।
यसैगरी शिक्षा प्रवर्द्धन, छात्रवृत्ति वितरण, पुस्तकालय स्थापना तथा व्यवस्थापन र युवाहरूको क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्ने योजना क्लबले अघि सारेको छ। स्थानीय समुदायका आवश्यकता पहिचान गरी दिगो, प्रभावकारी र परिणाममुखी सेवामूलक गतिविधि सञ्चालन गरिने संस्थापक अध्यक्ष लायन डा. दिनेश रेग्मीले जानकारी दिनुभयो।
लायन्स इन्टरनेसनलको मूल मन्त्र हामी सेवा गर्छौँ भन्ने भावनालाई आत्मसात् गर्दै क्लबले विपन्न, असहाय तथा सीमान्तकृत वर्गलाई सहयोग पुर्याउने र धादिङको सामाजिक तथा सामुदायिक विकासमा सक्रिय योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।







