चक्रवात ‘अर्नब’ को प्रभाव: आजदेखि देशका विभिन्न भूभागमा भारी वर्षा र हिमपातको सम्भावना
141 पटक पढिएको
काठमाडौं। बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिनमा प्रवेश गरेसँगै नेपालमा यसको असर देखिन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चक्रवातको प्रभावले नेपालका भू–भागमा बादल लागिरहेको र आज बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा तथा हिमपात सुरु हुनेछ।
विभागकी मौसमविद् बिनु महर्जनका अनुसार चक्रवात ‘अर्नब’ को प्रभावले नेपालका विभिन्न प्रदेशमा भारीदेखि अतिभारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।‘चक्रवातको प्रभाव नेपालमा देखिन थालिसकेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई लुम्बिनीका एक–दुई स्थानमा हल्का वर्षासमेत भइसकेको छ,’ उनले भनिन्, ‘चक्रवात आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरिसकेको छ। उक्त प्रणाली क्रमशः उत्तरपश्चिमतर्फ सर्दै आगामी दिनमा कमजोर अवस्थामा उत्तर प्रदेश र बिहार आसपास पुग्ने पूर्वानुमान छ।
’मौसमविद् महर्जनका अनुसार यसको प्रभावले शनिबारसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा पनि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।यसैगरी, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासहित वर्षा हुनसक्ने अनुमान छ।
मौसमविद् महर्जनले सम्भावित वर्षाका कारण कृषि कार्य, पर्वतारोहण, पदयात्रा तथा पर्यटन गतिविधिमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेकी छन्।विशेषगरी धानबाली भित्र्याउने किसानलाई मौसमको पूर्वानुमान हेरेर काम गर्न तथा उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई मौसम अनुकूल नभएसम्म सुरक्षित स्थानमा रहन सुझाव दिइएको छ।
वर्षाका कारण बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।








The login process is seamless and I love how secure everything feels. It’s hard to find a platform that balances speed and safety so well. Big shoutout to xz777loginapp.
Best experience so far this year. The win rates feel right and the layout is very intuitive. You should give badai777login a try.