पशुपति बहुउद्देश्यीय सहकारीको पाँचौँ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न

33 पटक पढिएको

१५ कार्तिक २०८३, शनिबार १९:२८ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१२, पशुपति डाँडास्थित पशुपति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाँचौँ साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ।

अधिवेशनले जयराम भण्डारीको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा जीवन दुवाडी, कोषाध्यक्षमा भगवती खनाल, सचिवमा कृष्णप्रसाद ढकाल र सहसचिवमा नमराज भट्ट चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा बालकृष्ण लम्साल, शेरबहादुर भण्डारी, रविप्रसाद लम्साल र अकलबहादुर गुरुङ चयन भएका छन्।

साधारणसभा तथा अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई संस्थाले धन्यवाद व्यक्त गरेको छ। साथै, नवनिर्वाचित सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै हार्दिक बधाई ज्ञापन गरेको छ।