चार सय १४ हिमाल आरोहणका लागि खुल्ला

1517 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ: नेपालमा आरोहण गर्न सिकने हिमालको संख्या चार सय १४ पुगेको छ। सरकारले पछिल्लो पटक यही जेठ ७ गते एक सय चारवटा नयाँ हिमाल खुल्ला गरेपछि आरोहण गर्न सकिने हिमालको संख्यामा वृद्धि भएको हो। सरकारले गत बुधबार ६ हजार आठ सय मिटर भन्दा कम उचाईका दुई वटा र त्यसभन्दा माथिका एक सय दुईवटा हिमाल आरोहणका लागि खुला गरेको छ।

सरकारले खुला गरेको हिमालको संख्या तीन सय २६ थियो। नाम जुधेका कारण १६ वटालाई सूचीबाट हटाएर तीन सय १० बनाइएको थियो।

संस्कृति, पर्यटन मन्त्रालयका सहसचिव मधुसूदन बुर्लाकोटीले पर्वताहोणका लागि माग बढी भएका र प्राविधिक रूपमा सहज मानिएका हिमाल खुला गरिएको जानकारी दिए। यससँगै आरोहीलाई बढी विकल्प भएका कारण पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्‍नेछ, जसबाट राजस्व समेत बढ्नेछ।

सरकारले गत बुधबार ६ हजार आठ सय मिटर भन्दा कम उचाईका दुई वटा र त्यसभन्दा माथिका एक सय दुईवटा हिमाल खुला गरेको छ।

नयाँ हिमाल थप गरेर आरोहणका निम्ति शुल्क तिर्नुपर्ने हिमालको नाम सार्वजनिक भएपछि आरोहीलाई छनोट गर्न पाउने अधिकार बढेको बुर्लाकोटीको भनाई छ। उनका अनुसार सरकारले नयाँ हिमाल खुला गर्नुका साथै पाँच हजार आठ सय मिटरभन्दा मुनिका सबै हिमाललाई पदयात्रा पर्यटनको परीक्षणका रुपमा राखिएको छ।

पाँच हजार आठ सय मिटरसम्मा हिमालमा जान पर्यटकले रोयल्टी तिर्नुपर्ने व्यवस्था सरकारले गरेको बुर्लाकोटीले अन्‍नपूर्णलाई बताए। उनका अनुसार यी हिमालको परीक्षण अवधि तोकिएको छैन। हालसम्म पाँच हजार पाँच सय मिटरसम्मका हिमाल मात्रै पदयात्रामा पर्यटनको सूचीमा रहेकामा अब भने पाँच हजार आठ सय मिटरसम्म पुगेको छ ।

पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि सम्भावना भएका हिमाल खुला गर्दा पर्वतीय पर्यटन क्षेत्रबाट बढीभन्दा बढी लाभ लिन सकिने पर्यटन मन्त्रालको भनाई छ। नेपालमा ६ हजार मिटर माथिका एक हजार तीन सय १८ वटा हिमशिखर रहेका भए पनि पदयात्रा पर्यटनका लागि पाँच हजार आठ सय मिटरसम्म प्रयोगमा ल्याउन सकिने मन्त्रालयका अधिकारी बताउँछन्।

मन्त्रालयका अनुसार पदयात्रा पर्यटनमा जाने हिमाल पनि खुल्ला गर्नुपर्ने हुन्छ। यसपटक पदयात्रा मार्गका लागि दुईवटा हिमाल खुला भएका छन्। अन्य हिसमा आवश्यकतानुसार एवं पर्यटकको चाहनामा खुला गर्ने मन्त्रालयको भनाई छ। पर्वतारोहरण संघले चारपाँच वर्षदेखि नयाँ हिमाल खोल्न दिएको सुझाउ सरकारले पालना गरेको संघका पुर्व अध्यक्ष जिम्माजांबु शेर्पाले बताए। यो निर्णयबाट नेपालको साहसिक पर्यटनमा सकारात्मक सन्देश प्रवाह भएको शेर्पाको भनाइ छ। अब यी नयाँ हिमाललाई प्रवर्द्धन गरेर साहासिक पर्यटन गतिविधि बढाउनुपर्ने उनको सुझाउ छ।

सरकारले नयाँ हिमाल खुला गर्दा पर्यटन प्रवर्द्धन गर्न सहज हुने भन्दै तीनवटा हिमाललाई अन्तराष्ट्रिय समुदायले चिन्‍ने गरी नामाकरण गरेको छ । सरकारले सोलुखुम्बुका दुई हिसमाललाई हिलारी र हिलारी पिकको नाम दिको छ। यसैगरी मुस्ताङको खार्साङलाई अन्तराष्ट्रिय अल्पाइनर्स एशोशिएशनको नामबाट परिचित गराउन यूएएए र कञ्‍चनजंघालाई यूआइएए पिक नामाकरण गरिएको छ।

अन्नपूर्ण पोष्ट दैनिकवाट