आइपिएलमा बैंगलुरुको दोस्रो जित

23 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जित हासिल गरेको छ। बैंगलुरुले गएराति सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको हो।

२ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए।

जितपछि पनि ९ खेलमा ४ अंकका साथ बैंगलुरु अंकतालिकको पुछारमा छ। हैदरावाद १० अंकसहित तेस्रो स्थानमा छ। समान १० अंक जोडेका कोलकाता नाइट राइजर्स दोस्रो र लखनउ सुपर जाइन्ट्स चौथो स्थानमा छ । राजस्थान रोयल्स १४ अंकसहित शीर्षस्थानमा छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *