एक हजार चार सय रुपैयाँले बढ्यो आज सुनको मूल्य

20 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार आठ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार छ सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार छ सय ५५ रुपैयाँ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *