अत्तरखेलको केएमसी अस्पतालको चमेनागृह सिलबन्दी

451 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

, काठमाडौं । काठमाडौंको अत्तरखेलमा रहेको काठमाडौं मेडिकल कलेजको क्यान्टिनमा खाना खाँदा विरामी कुर्न बसेका कुरुवा नै विरामी परेपछि अस्पतालको चमेनागृह बन्द गराइएको छ ।

अस्पतालको क्यान्टिन दुर्गन्धित भएको, कुनै पनि खानेकुरा स्वस्थकर नरहेको र क्यान्टिन सञ्चालनको न्युनतम मापदण्ड समेत पूरा नगरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले सील गरेको हो ।

विरामी कुरुवाको गुनासोका आधारमा जाँच गर्न जाँदा क्यान्टिन पूरै दुर्गन्धित र गन्हाएको माछा मासु समेत पाइएकाले १५ दिनभित्र सुधार गर्ने अल्टिमेटम सहित सिलबन्दी गरिएको विभागका अधिकृत इश्वर सुवेदीले  जानकारी दिए ।

सुवेदीले भने-‘सयौं विरामी र तिनका कुरुवाले खाने खाना बासी तथा दुर्गन्धित भेटिएकाले चेतावनी सहित पछाडिपट्टकिो ढोका खुला राखेर मुख्य ढोकामा सील गरिएको हो ।’

अस्पतालका प्रशासकीय प्रमुख हरि त्रिपाठी, कर्मचारी संगठनका अध्यक्ष दिनेश पोखरेल, अस्पताल प्रमुख धु्रववहादुर बस्नेत, क्यान्टिन सन्चालक उपेन्द्रमानसिंह भण्डारी र मेट्रोन उर्मिला श्रेष्ठको रोहबरमा विभागले क्यान्टिन शील गरेको हो ।

-अनलाइनखबर