संविधानसभा नै खारेज गर्नुपर्छ नेकपा माओवादीका नेताः धर्मेन्द्र बास्तोला

601 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

नेकपा बैद्य माओवादी सँग अलग भएको बिप्लप्प नेकपा माओवादीका नेता धर्मेन्द्र बास्तोलाले अहिलेको संविधान सभानै खारेज गर्नुपर्ने बताउनु भएको छ । नेकपा माओवादी धादिङले आज धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बास्तोलाले काँग्रेस एमालेले देश विदेशीको जिम्मामा सुम्पन खोजेको आरोप लगाउनु भयो । अहिले देशमा मनोमानीहरुको दबदबी बढेको भन्दै उहाँले जनताहरुको हकहितको लागि सडक संर्घष गर्ने चेतावनी दिनुभयो । पार्टी प्रशिक्षणको पछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै विदेश विभाग प्रमुख समेत रहेका बास्तोलाले काँग्रेस एमालले विगतमा भएको १२ बुँदे र बृहत शान्ति सम्झौताको पालना गरेको बताउनु भयो ।

उहा“ले राजनीतिक सभाले गोलमेच सम्मेलन, अर्को संबिधानसभा, लगायतका लोकतान्त्रिक विधि मार्फत अघि बढ्नुपर्ने तर्क राख्नु भयो । काँग्रेस एमालेहरुले २०४७ सालको संविधान जारी गर्न खोजेकाले जनताहरुलाई आन्दोलनमा उत्रन समेत आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो,“ २०४७ सालको संविधान मान्य भएको भएत दश बर्षे जनयुद्ध गर्न पर्दैनथ्यो” जनताहरुको माग सम्बोधन गर्न बैद्य माओवादी उदासिन भएको कारणले पार्टी विभाजन भएको स्पष्ट पार्नुभयो । सरकारले भारत सँग गरेको विद्युत सम्बन्धी पिडीए सम्झौता राष्ट्रघात भएको बताउनु भयो । देशको प्राकृतिक सम्पदाहरुलाई विदेशी दलालीले भागबंण्डा लगाएर बेचिरहेको उहाँको भनाई थियो । सरकारले गरेको माथिल्लो कर्णालीको पिडीएले नेपाली जनताहरुको हित नहुने उहाँको भनाई थियो । देश भ्रष्टचारीको अखडा बनेको भन्दै उहाँले अहिलेकै अवस्था रहीरहने हो भने अबको केही बर्षमा देश टाट फर्कने उहाँको दावी छ । एकिकृत नेकपा माओवादी क्रान्तिकारी विचारघारा छोडेर सुधारवाद तिर उन्मुख भएको र नेकपा–माओवादीले पनि जनताको माग सम्बोधन गर्न नसकेकोले आफुहरुले नयाँ पार्टी गठन गरेको उहाँको भनाई थियो । पत्रकार सम्मेलनमा जिल्लामा क्रियाशील पत्रकार तथा नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।