खोलामा ट्रक खस्दा दुईजनाको ज्यान गयो

543 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चितवन, पुस ५ – नारायणगढ मुग्लिन सडक खण्डको रिग्दी खोलामा ट्रक खस्दा दुईजनाको ज्यान गएको छ । दुईजना घाईते भएका छन् । हेटौडाबाट सिमेन्ट बोकेर मुग्लिनतर्फ छुटेको ना ४ ख ३५७१ नम्बरको ट्रक शुक्रबार राती दाहाखानी ६ रिग्दी खोलामा सडकबाट तल खसेको हो ।

दुर्घटनामा ट्रकका चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ११ का उमेश कप्रौला र ट्रकमा सवार त्यही ठाउँका १८ वर्षिय महेश कार्कीको ज्यान गएको चितवन प्रहरीले जनाएको छ । ट्रकका सहचालक हेटौडा उपमहानगरपालिका ११ का अमृत कप्रौलाको चितवन मेडिकल कजेल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

यस्तै अर्का घाईते हेटौडा उपमहानगरपालिका ११ कै बर्ष १४का एकराज कप्रौलाको कलेज अफ मेडिकल साईन्सेज भरतपुर शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।