विद्यालय फोरेर क्यामेरा चोरी

649 पटक पढिएको

सम्पादक: Dhadingnews.com

साँकोष । साँकोष गाउँ विकास समिति वडा नं. ३ स्थित दामगाडेमा रहेको पशुपति माध्यमिक विद्यालयको ढोका फोरेर क्यामेरा चोरी भएको छ ।dizital
गत साता साउन २९ गते कोरियनबाट आएको विद्यार्थी समूहले विद्यालयलाई उपहार स्वरुप प्रदान गरिएको क्यामेरा १ हप्ता नवित्दै विद्यालयबाट नै चोरी भएको हो । ३२ गते शुक्रबार विद्यालयको कार्यालय कोठामा राखेको क्यामेरा हराएको बारे भाद्र २ गते (आइतबार) मात्रै थाहा भएको थियो ।
विद्यालय भवनको माथिल्लो तलामा रहेको कार्यालयको कोठामा भएको ल्यापटप, कम्प्यूटर लगायतका अन्य सामग्रीहरु जस्ताको तस्तै छाडिएको भए पनि कोरियन विद्यार्थीहरुले दिएको क्यामेराको मात्रै चोरी भएको थियो । कार्यालय कोठोको ढोका फोरेर भित्र क्यामेरा राखेको घर्रा मात्रै फोरेको पाइयो एक स्थानीयले प्रत्यूषसंगको कुराकानीमा बताए ।
विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालयमा घटनाको जानकारी गराएको भए पनि प्रभावकारी अनुसन्धान हुन नसकेको ती स्थानीयको भनाई छ । विद्यालयमा भएको ल्याप्टप, कम्प्यूटर तथा अन्य विभिन्न प्रकारका सामग्रीहरु छाडेर किन क्यामेरा मात्रै लैजानुमा रहस्य भएको स्थानीयले बताएको छन् । विद्यालयबारे राम्ररी जान्ने बुझ्नेले नै क्यामेरा चोरेको उनीहरुको तर्क छ । क्यामेरा विद्यालयमा भएको बारे धेरै जानकार नै नभएकाले क्यामेरा आईपुगेकै बेला चोरी भएको छ त्यसमा पनि धेरै नै सामान भएको ठाउँमा एउटा मात्रै सामान चोरिनुले आफूहरुलाई अचम्मित पारेको उनीहरुको भनाई छ ।
विद्यालयको प्रधानाध्यापक मोहनबहादुर कंडेलले भने आफूहरुको विद्यालयको चोरी भएको बारे जिल्ला प्रहरी कार्यालय र जिल्ला शिक्षा कार्यालयमा जानकारी गराईसकिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय र जिल्ला शिक्षा कार्यालयमा जानकारी गराईसकेका छौं र स्थानीय विद्यालयको तर्फबाट अनुसन्धान भईरहेको छ उहाँले भन्नुभयो । विद्यालयको शिक्षक बद्री लम्सालले भने क्यामेरा शनिबार राती चोरिएको आशंका गर्नुभएको छ । विद्यालयको शरस्वती मन्दिरमा राखिएको केही भेटीस्वरुपको पैसा र क्यामेरा चोरी भएको थाहा हुन आएको छ प्रहरीलाई पनि जानकारी गराईसकिएको र प्रहरीले पनि विद्यालयसम्म आएर घटनाको विवरण लिएर गएको उहाँले बताउनुभयो ।