नीलकण्ठ बन्यो धादिङको पहिलो नगरपालिका

1218 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी/ पटक पटक नगरपालिकाको सुचिमा परेर पनि घोषणा हुन नसकेको  धादिङ जिल्लाका चार गाँउ विकास समितिका वासिन्दाको चाहना  साउन १ गतेबाट पुरा हुने भएको छ ।सदरमुकाम रहेको नीलकण्ठ र आसपासका सुनौलावजार, साङकोष र मुरलीभन्ज्याङ गाँउ विकास समितिलाई गाभेर  सरकारले यी क्षेत्रलाई नगरपालिका घोषणा गरेको हो ।99788049 (1)नगरपालिको घोषणासंगै तत्कालिन चार गाविसका वासिन्दामा खुसी छाउन थालेको छ । नगरपालिको घोषणाले यस क्षेत्रमा आर्थिक सामाजिक औद्योगिक विकास हुनुका साथै राजनैतिक क्षेत्रमा समेत निकै परिवर्तन आउने अपेक्षा गरिएको छ ।
धादिङ जिल्लाकै पहिलो नगरपालिका बन्न सफल भएको नीलकण्ठ नगरपालिकाक्षेत्रमा ९५ बर्ष सम्म सदरमुकाम रहेको पुरानो धादिङ अर्थात सुनौलावजार देखि हालको सदरमुकाम रहेको धादिङबेसी समेत रहेको छ ।  नव घोषित नगरपालिका क्षेत्रमा विकासको पुर्वाधार हेर्दा तत्कालिन गाविसका ३६ वटै  वडामा कच्चि सडक १२ किलो मिटर ओटासिल ४ किलो मिटर पिच र सदरमुकाम क्षेत्र भित्रका  भित्रि सडकमा समेत डे्रन सहितको पिच भई सकेको छ । शिक्षा तर्फ स्नातकोत्तर तहको पढाई हुने क्याम्पस १ निजी क्षेत्रको क्याम्पस १ सामुदायिक उच्च माध्यामिक विद्यालय ४ संस्थागत उच्च माध्यामिक विद्यालय २ सामुदायिक माध्यामिक विद्यालय ९संस्थागत माध्यामिक विद्यालय ३ सामुदायिक  निम्न माध्यामिक विद्यालय ८ संस्थागत निम्न माध्यामिक विद्यालय १ सामुदायिक प्राथमिक  विद्यालय ३९ संस्थागत प्राथमिक विद्याल्ाय ४ र बहिरा विद्यालय १ रहेको छ ।
संचारमा  नेपाल टेलिकम, एनसेल, यूटिएल,स्मार्ट टेलिकमले मोवाइल तथा टेलिफोन सेवा दिदै आएको छ भने केवल संचालक र डिसहोम मार्फत गाउं गाउंमा टेलिभिजन हेर्न सकिने सुविधा उपलव्ध भएको छ  । त्यसै गरि नगरपालिका क्षेत्र भित्र नियमित रुपमा चल्ने तीनवटा र कहिलेकांही मात्र वज्ने गरेको गरि चारवटा  सामुदायिक एफ।एम संचालनमा रहेको छ भने नगरपालिका क्षेत्रभित्रैबाट  चारवटा साप्ताहिक र एक दैनिक पत्रिका नियमित रुपमा प्रकाशित हुंदै आईरहेको छ । नगरपालिका भित्रसरकारी स्वामित्वको वैंक २ निजि क्षेत्रको वैंक ८ र सहकारी २ दर्जन भन्दा वढी संचालनमा रहेका छन् ।

स्वास्थ्य सेवामा  जिल्ल्ाा अस्पताल १ निजी अस्पताल १ र  स्वास्थ्य केन्द्र/चौकी ४ वटा रहेको छ ।
नव घोषित नगरपालिकालाई नगरपालिका वनाउन सिफारिस गर्दा नीलकण्ठ गाविसमा चार वटा र अन्य तीनवटा गाविसमा तीन-तीन वटा गरि १३ वडा रहने व्यवस्था  गरिएको भए पनि वडा विभाजनका बारेमा  पछिल्ल्ााे  जानकारी नआएको र नगरपालिका सम्वन्धि  परिपत्र पनि नआईपुगेकाले हालका लागि गाविसबाटनै दैनिक कार्य सम्पादन हुने भएको छ । स्थानीय विकास मन्त्रालयका एक अधिकारीका अनुसार नगरपालिको व्यवस्थापन गर्न कम्तिमा पनि तीन महिना लाग्ने छ ।