फुल कन्ट्याक्ट कराँते टोलीको बिदाइ

612 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

karateकाठमाडौँ, – मलेसियाको क्वालालम्पुरमा हुने पन्ध्रौं एसियाली सिन क्योकुसिन फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा सहभागी हुने दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोलीलाई मंगलवार बिदाई गरिएको छ ।

नेपाल सिन क्योकुसिन कराँते सङ्घले मंगलवार आयोजना गरेको एक कार्यक्रममा सहभागी टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, सदस्य मनबहादुर न्यौपानेलगायतले बिदाई गर्नुभयो ।

असोज २ देखि ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको लागि टोली आज नै त्यसतर्फ प्रस्थान गर्ने सङ्घका महासचिव कुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठ पनि टोली व्यवस्थापकको रुपमा जाँदै हुनुहुन्छ ।

पुरुष खेलाडीमा विकास श्रेष्ठ र महिलामा विन्दु पुनले प्रतिस्पर्धा गर्नेछन् भने अर्का पुरुष खेलाडी कुमार बलामी मलेसियामै भएकाले उनी त्यतैबाट प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ ।

तीन खेलाडीले ६५ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।