पुलिसको सहज जित

523 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखरा कपमा आइतबार बलका लागि संघर्ष गर्दै पुलिस र आर्मीका खेलाडी । तस्बिर सौजन्य : सञ्जय शाक्य

कास्की, पुस २८ – नेपाल पुलिस क्लबले मनकामना केबुलकार पोखरा कपको दोस्रो क्वाटरफाइनलमा आइतबार नेपाल आर्मी क्लबलाई २-० ले हराएको छ ई कान्तिपुर  डट कममा खबर छ

imageसीधै क्वाटफाइनलमा प्रवेश पाएको आर्मीलाई गोल गर्ने मौकामा पुलिस तगारो बनेर उभियो । पुलिसका लागि पहिलो गोल कप्तान जुमनु राई र दोस्रो गोल नीरकुमार राईले गरे । खेलको आठौं मिनेटमा हेम तामाङले मिलाएको क्रसलाई जुमनुले हेड गरेको बल बारमा लागेर फर्कियो । फर्किएको बललाई नियन्त्रणमा लिंदै पुनः जुमनुले प्रहार गर्दा विपक्षी गोलकिपर सुशील श्रीवास्तवले बचाउको मौका पाएनन् । एक गोलले अग्रता लिएको पुलिसले आर्मीलाई पूर्णरूपमा दबाबमा राखेर खेल्यो ।

खेलको २२ औं मिनेटमा गोल गर्ने जुमनुको राम्रो मौकालाई विपक्षी गोलरक्षकले बचाउ गरे । २१ औं मिनेटमा आर्मीका टंक बस्नेतको प्रहार चुकेपछि पुलिससँग बराबरी गर्ने अवसर गुमेको थियो । त्यसैगरी २८ औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट आर्मीका राजु गुरुङको सशक्त प्रहार क्रसबारबाट बाहिरियो । पहिलो हाफ पुलिसको एक गोलपछि टुंगियो र आर्मीले गोल गर्ने अवसर सदुपयोग गर्न सकेन ।

पुलिसको रणनीतिलाई बुझ्न नसक्दा आर्मीले बललाई नियन्त्रणमा लिन सकेन र धेरै पाससमेत मिस गर्‍यो । खेलको ५४ औं मिनेटमा पुलिसका नीरकुमार राईले गोल गर्दै जित पक्का गरे । पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बललाई राईले सीधै जाली चुमाए । पुलिसले पनि खेलमा गोल गर्ने सुनौलो अवसर गुमाएको थियो । पुलिसका मिडफिल्डर दीपेन श्रेष्ठ खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । पुलिस सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन मनाङ-मस्र्याङ्दीसँग भिड्नेछ ।

 आर्मी टिम नराम्रो नभई पहिलो खेल र ‘ग्राउन्ड स्लो’ भएकाले कठिन भएको पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले बताए । ‘हाम्रो रूपन्देहीसँगको पहिलो खेल पनि राम्रो थिएन,’ श्रेष्ठले भने, ‘आर्मीको दोस्रो खेल भएको भए यति ‘डोमिनेट’ हुने टिम पक्कै होइन ।’ उनले मनाङसँग नयाँ रणनीति लिएर सेमिफाइनलमा खेल्ने बताए ।

 आपmनो टिम नराम्रो नभएको तर विपक्षीको एक गोलपछि खेलाडी सुस्ताएर खेल्दा राम्रो हुन नसकेको आर्मीका प्रशिक्षक मेघराज केसीले बताए । पुलिस काउन्टरमा गएर हाम्रा खेलाडीले उनीहरूको डिफेन्ससमेत तोड्न सकेनन्,’ केसीले भने, ‘हाम्रोतर्फ बल फिनिसिङको मौका नै आएन ।’