किसानलाई बिऊमा राहत, कुहिएको धान

984 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????धादिङ, १९ जेठ ः जिल्ला कृषि बिकास कार्यालय धादिङले भुकम्प पिडित किसानलाई बितरण धानको बिऊ प्याकेटमै उम्रनुका साथै कुहिएको पाईएको छ ।
विश्व खाद्य्य संगठनको सहयोगमा धादिङका किसानहरुको लागि आएको ५० टन धानको बिऊ जिल्लाभरका किसानलाई कार्यालयले बितरण गरेको छ । भुकम्प पिडित किसानलाई प्रतिपरिवार ५ किलोका दरले वितरण गरिएको बिउ धानमा मकवानपुर एक, खुमल चार, सुख्खा दुई, सुख्खा तीन र सावित्री जातका १३ टन रहेको कार्यालयले जनाएको छ ।
भुकम्पले घर भत्किंदा घर भित्र रहेको धानका पुरिएर नष्ट भएर धान रोप्ने बेलामा बिउको अभाव हुन नदिन किसालाई धानको विऊ बितरण गरिएको हो । राहत स्वरुप बाँडेको उन्नत जातको धान मध्ये सुख्खा धानको बीउ पोकैमा उम्रेको पाईएको नीलकण्ठ नगरपालिका ७ का किसान छविलाल अधिकारीले बताउनु भयो । किसानहरुले भने भुकम्प पिडितहरुको लागि पोकैमा उम्रेको धानको बीउ राहत स्वरुप बाँडि किसानहरुलाई झुक्याउने काम भएको गुनासो गरेका छन ।
अघिल्लो बर्ष पनि बितरण गरेको विउ धान नफलेको र यस बर्ष झनै उम्रेको बीउ बाँडिंदा बिउनै नउम्रने किसानहरुको चिन्ता छ । जिल्ला कृषि बिकास कार्यालय धादिङले भने किसानहरुको लागि राहत स्वरुप ल्याईएको उन्नत जातको सुख्खा धानको बीउ प्लाष्टिकमा लामो समय सम्म राख्दा उम्रेको हुन सक्ने वताएको छ । भुकम्प पछि पिडित भएका धादिङका ८० प्रतिशत किसानहरुले यस बर्ष समयमै धान रोप्न पाउन भनी बिउ वितरण गरिएको जिल्ला कृषि बिकास कार्यलयका कृषि प्रसार अधिकृत दुर्गादत्त पन्थीले बताउनु भयो ।

जिल्ला कृषि विकास कार्यालय धादिङले राहत स्वरुप बाँडेको धानको बीउ जेठ १५ देखि २० गते सम्ममा व्याडमा राखेर असार १५ देखि २० मा रोपिसक्नु पर्ने पन्थी बताउनुहुन्छ । आफ्नो घरमा र गाउं टोलमानै बिऊ उपलव्ध भए स्थानीय धाननै बिऊ प्रयोग गर्नु उपयुक्त हुने पन्थीको भनाई छ । जिल्ला कृषि बिकास कार्यालय मार्फत बिउ धान निःशुल्क बितरण गरिएको खबर पाएपछि कतिपय व्यम्क्तिले एकै घरका चार पांच जनालाई फरक फरक व्यक्ति देखाएर धानको विउ बुझेको एक किसानले वताए । राहतमा पाउने भएपछि जस्तो सुकै सामान पनि वोक्न जाने र बुझिसकेपछि नराम्रो भयो भनेर प्रतिकृया दिनु गलत हुने अगुवा किसानहरुको सुझाव छ ।