पिङबाट लडेर ९ वर्षिया बालिकाको मृत्यु

504 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_1313-300x184धादिङ- दसैंका लागि आमाले राखिदिएको पिङबाट लडेर ९ वर्षिया बालिकाको मृत्यु भएको छ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका सुगमटोलका शैलेन्द्र तामाङकी छोरी सरिता तामाङको कात्तिक  ४ गते बुधवार मृत्यु भएको हो। मंगलबार   साँझ ५ बजे पिङबाट लडेकी तामाङको टाउकोमा चोट लागेपछि धादिङ कै सहिद मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। उनको त्यहाँ उपचार हुन नसकेपछि डाक्टरले काठमाडौं रिफर गरेका थिए । तामाङकी आमा भन्छिन्- ‘काठमाडौं लाँदै गर्दा उनले हामीलाई बाटैबाट छाडेर गइन्। त्यसपछि काठमाडौं लानुको औचित्य नै नरहेपछि बाटोबाटै फर्कायौं।’ महाअस्टमीको दिन यस्तो दुःखद् घटना भएपछि उनको परिवार र आफन्तजनमा शोक छाएको छ । मृतक तामाङका बुबा शैलेन्द्र भने वैदेशिक रोजगारीका लागि कुबेत जानु भएको छ ।