माघे संक्रान्तिको रौनक गोरु जुधाएर मनोरन्जन लिंदै गाउंलेहरु

889 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

फोटो १धादिङ – हरेक माघे सङ्क्रान्तिको अवसरमा नुवाकोटको तारूका र धादिङको खाल्टे, धुंवाकोट, दार्खा लगायतका स्थानमा हुंदै आईरहेको गोरू जुधाई पर्यटकीय आकर्षणको केन्द्र बन्दै आएको छ । तारूकासंगै धादिङ र नुवाकोट जिल्लाका विभिन्न स्थानमा समेत गोरू जुधाइने कार्यक्रम सम्पन्न भएका छन ।

धादिङ र नुवाकोट जिल्लामा फैलँदै गएको गोरु जुधाउने परम्परालाई तारुकाले पछिल्लो ११ वर्षदेखि ुसमिति गठन गरेर व्यवस्थित रुपमा निरन्तरता दिँदै आएको छ । धादिङको खाल्टेमा पनि चमेरे गुफा पर्यटन समितिले २०७१ साल देखि गोरु जुधाउने कार्यक्रमलाई व्यवस्थित ढंगबाट संचालन गर्न शुरु गरेको छ । आफ्नै शैलीमा टोल र गाउँमा दुई÷चार हल गोरु जुधाउन गरिएकोमा व्यवस्थित गर्न भन्दै तारुका र अन्य स्थानकावासीले एकैस्थानमा गोरुजुधाउन थालेपछि बेत्रावतीमा पनि पछिल्लो ८ वर्षदेखि एकै स्थानमा गोरु जुधाएर दर्शकलाई मनोरञ्जन गराउन थालिएको हो । यो वर्षदेखि नुवाकोट जिल्लाको पञ्चकन्या गाविसको घलेभञ्ज्याङमा पनि गोरु जुधाउने परम्पराको थालनी गरिएको स्थानीयले वताएका छन ।

कृषि कर्मको लागि पालिएको गोरुलाई हिउँदमा फुर्सदको समयमा जुधाएर मनोरञ्जन दिने र पर्यटन आकर्षण गराउने परम्परा सुरु भएको हो ।

तारुका–५ चन्दनीमा यो वर्ष १४ हल गोरु जुधाइएको छ भने बेत्रावतीमा ८ र पञ्चकन्याको घलेभञ्ज्याङमा ४ गरी गरी आज २६ हल गोरू जुधाइएको छ ।धादिङका विभिन्न स्थानमा पनि गोरु जुधाई सम्पन्न भएको छ ।

तारुकाको गोरु जुधाइ मोलको सिंचाई मन्त्री उमेश यादवले उद्घाटन गर्दै हरेक मेलाको सांस्कृतिक महत्व हूने र यसको संरक्षण गर्दै जानु पर्ने बताउनुभयो । उहाले गोरु जुधाउने परम्परा पनि संस्कृतिको रुपमा आन्तरिक र बाह्य पर्यटन विस्तारमा भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा सांसद राममाया बोगटी, सांसद राज्यलक्ष्मी श्रेष्ठसहित जिल्लामा विभिन्न पार्टीका नेता पुग्नु्भएको थियो ।

मेलामा जुधाइएको गोरुधनीलाई पुरस्कृत समेत गरिएको थियो । विजेता गोरुको धनीलाई ३ हजार रुपैयाँ र हार्ने गोरुको धनीलाई १५ सय रुपैया रकम उपलब्ध गराइएको माघे संक्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज ढुङ्गानाले बताउनुभयो ।

तारुकामा गोरु जुधाएको हेर्न धादिङ, काठमाडाँै, चितवन, हेटौडा, रसुवालगायतका जिल्लाबाट समेत दर्शक आएका थिए भने बेत्रावती र चारघरेमा पनि मानिसको घुइचो लागेको थियो ।

ऐतिहासिक प्रमाण नभेटिए पनि यहा“को गोरु जुधाई परम्परा डेढ सय वर्षभन्दा पुरानो मानिन्छ । तारुकामा बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली खलकको घर रहेको र उनी मामाघर आउदा भाञ्जालाई मनोरञ्जन गराउन पहिलो पटक गोरु जुधाएको यहाका बुढापाकाहरूको बताउछन् । तर यसको प्रमाण भने कतै फेला परेको छैन । भनाई जे जे भए पनि यो यहाको वर्षौ पुरानो परम्परा भएकाले अहिले पनि निरन्तरता दिदै तन्नेरी पुस्तालाई रमाइलो परम्पराले मनोरञ्जन गराउदै आएको मेला व्यवस्थापन समितिका अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।

गोरु जुधाइ मेलालाई थप मनोरञ्जन दिलाउन राजधानीबाट लोकदोहोरी गायक टोली र स्थानीय भजन समूहले दर्शकलाई साङ्गीतिक प्रस्तुति गरेका थिए ।