जेष्ठ नागरिकलाई बैरेनी गाविसको सम्मान

654 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

बैरेनी (धादिङ न्यूज)बैरेनी गाविसको कार्यालयले गाविस भित्रका ५१ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । ८८ बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई गाविसले मंगलवार सम्मान गरेको हो । गाविसको चालु आर्थिक बर्षको निति तथा कार्यक्रम अन्र्तगत ८८ बर्ष उमेर पुरा गरेका गाविसभरका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै साथमा एक एक थान झुल र टर्च लाईट समेत दिईएको गाविस सचिव लक्ष्मणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
९३ बर्षिय लालवहादुर पन्तको अध्यक्षतामा भएको कार्यक्रममा राजनैतिक दलका स्थानीय प्रतिनिधिहरु नेपाली कांग्रेसका सभापति गोपिप्रसाद रिमाल,नेकपा एमालेका अध्यक्ष कृष्णहरी श्रेष्ठ, नेकपा माओवादी केन्द्रका अध्यक्ष बिक्रम तामाङ,राप्रपाका प्रेमवहादुर अधिकारीका साथै गाविस सचिव भट्टराईले जेष्ठ नागरिकलाई सम्मान गरेका थिए ।

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????