छुट्टाछुट्टै स्थानमा दुर्घटना, दुईको मृत्यु , एक घाईते

814 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Dhading_accident_1-768x428धादिङ, १२ फागुन – शनिवार विहान धादिङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । धादिङको गजुरी गाउँपालिका वडा नं १ कालिका मन्दिर नजिकै पृथ्वीराजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
मुग्लिनबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ९०७६ नम्बरको ट्रकले काठमाण्डौंबाट मुग्लिन तर्फ गईरहेको बा ८५ प ६२७२ नम्बरको मोटरसाइकललाई विहान ६ वजे तिर ठक्कर दिंदा मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि मोटरसाइकल चालक चितवनको इच्छाकामना गाउँपालिका चण्डिभन्ञ्याङ घर भएका ३७ वर्र्षीय कर्णबहादुर गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तै धादिङकै बेनिघाट रोराङ गाउँपालिका वडा नं ५, बाँदरेमोड स्थित पृथ्वीराजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ अर्को एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । चितवनबाट काठमाडौँ आउँदै गरेको लु १ ख ९६१७ नम्बरको ट्रकले बा ८० प ९९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा पछाडी बसेर यात्रा गरिरहेका काठमाण्डौ महानगरपालिका १४ खसिबजार बस्ने उमा रावतको उपचारका लागि काठमाण्डौं लैजाँदै गर्दा बाटो मै मृत्यु भएको गजुरी प्रहरीले जनाएको छ । यस्तै सोहि स्थान बस्ने मोटरसाइकलका चालक बालविकास रावलको राजमार्ग सामुदायिक अस्पतालमा प्रारम्भिक उपचार गरिएको छ ।