सलाङघाटमा बस पल्टिंदा दुई जनाको मृत्यु

139 पटक पढिएको

प्रकाशित मिति: ८ बैशाख २०७६, आईतवार १२:२१

सम्पादक: Dhading News

धादिङ, ८ बैशाख – मनकामना दर्शनका लागि जांदै गरेका यात्रु लिएर काठमाण्डौंबाट चितवनको मनकामना केवलकार तर्फ जांदै गरेको बस धादिङको सलाङघाट नजिकै दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ ।
मनकामना दर्शनका लागी आएका यात्रुहरु लिएर काठमाण्डौबाट मनकामना केवलकार तर्फ जांदै गरेको बा ४ ख १४१५ नंं को संयुक्त यातायातको बस आईतबार विहान पौने ११ वजे तिर धादिङको बेनिघाट रोराङ गाँउपालिका वडा नंम्बर ३ स्थित सलाङघाट बजार नजिकै भसभसे भन्ने स्थानमा सडकवाट ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी एक जनाको घटनास्थलमानै र अर्को एक जनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक दुवै पुरुषको सनाखत हुन सकेको छैन । दुर्घटनामा २५ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका सहायक प्रहरी निरिक्षक राजिब विष्टले बताए । दुर्घटनाका घाईतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भैरहेको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

८ बैशाख २०७६, आईतवार १२:२१ मा प्रकाशित

समाचार

सबै

चर्चित साहित्यकार घिमिरे मैदेलीको ६५ बर्षको उमेरमा निधन

धादिङ -  धादिङको मैदीमा जन्मनु  भएका चर्चित साहित्यकार घिमिरे मैदेलीको ६५ बर्षको उमेरमा असामायिक निधन भएको छ । ब्लड क्यान्सरबाट थलिनु भएको घिमिरे दुई महिनादेखी नयाँ बानेश्वर स्थित सिभिल हस्पिटलमा.....

दुई झाँक्री मारेको आरोप लागेका २६ जना भए जेल चलान

धादिङ, ९ जेठ - धादिङ जिल्लाको उत्तरी भेगको गंगाजमुना गाउँपालिका वडा नम्बर २ लतावका दुई जना झाँक्रीको हत्या गरेको.....

वेनिघाटरोराङका प्रमुख प्रशासकीय अधिकृत थापाको निधन

धादिङ, ८ जेठ -  धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्षबहादुर थापाको बुधवार.....

बस दुर्घटनामा मर्नेको संख्या एघार पुग्यो

धादिङ, ८ जेठ - जेठ ५ गते आईतबार विहान धादिङको गजुरी गाउँपालिका वडा नं ६ बन्छेटार को उकालो स्थित पृथ्वीराजमार्गबाट.....

धादिङ कारागारका कैदी होटलमा केटी संग मस्ती गर्दै (भिडियो)

धादिङबेसी- धादिङ कारागारका एक कैदी सदरमुकाम धादिङबेसीको एक होटलमा केटी संग मस्ती गरिरहेको भिडियो अहिले  भाईरल.....

Categories