क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव सम्पन्न

804 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी– धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा संचालित महोत्सव समापन भएको छ ।
DSC_0515धादिङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ७ गतेवाट शुरु भएको मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव पुस १७ गते विहीवार सम्पन्न भएको हो । महोत्सव १ लाख भन्दा धेरै दर्शकले महोत्सव अवलोकन गर्नुका साथै १० करोड वराबरको कारोवार भएको महोत्सव मुल आयोजक समितिका संयोजक चन्द्रकान्त अधिकारीले वताउनु भयो ।
विहीवार भएको महोत्सव समापन कार्यक्रम तत्कालिन उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष कल्पना अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । एकीकृत नेकपा माओवादीका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको प्रमुख आतिथ्यमा महोत्सव समापन कार्यक्रम सम्पन्न भएको हो । समापन कार्यक्रमलाई धादिङ क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद वुर्लाकोटी,नेपाल उद्योग वाणिज्य महासंघका वागमती अञ्चल अध्यक्ष अरुणराज सुमार्गी,पुर्व सांसाद रामनाथ अधिकारी,जिविस धादिङका पुर्व सभापती खेम लोहनीले सम्वोधन गर्नुभएको थियो । यसैगरी नेपाली कांग्रेसका सचिव भक्त लामा,नेकपा एमालेका अध्यक्ष भुमि त्रिपाठी,एकीकृत नेकपा माओवादीका अध्यक्ष रामवहादुर भण्डारी,पुर्व मन्त्री कल्पना धमला, टानका अध्यक्ष रमेश धमला र नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुलीले सम्वोधन गर्नुभएको थियो ।
कार्यक्रममा जिल्लाका विभिन्न राजनैतिक दल, सरकारी कार्यालय,सुरक्षा निकायका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख, अगुवा उद्यमी व्यवसायी,संचारकर्मीहरको आतिथ्य रहेको थियो
महोत्सवमा अन्य व्यापारिक प्रदर्शनीमा भन्दा साँस्कृतिक कार्यक्रमका साथै रमाईलो मेला र अष्ट्रिच चरा हेर्नतर्फ दर्शकहरुको संधैजसो भिड हुने गरेको थियो । महोत्सव अवधिभर राष्ट्रियस्तरका ख्याती प्राप्त विभिन्न कलाकारहरुले गीत ,नृत्य तथा प्रहसन प्रस्तुत प्रस्तुत गरेका छन । महोत्सवमा कृषिजन्य, दुग्धजन्य, हस्तकला, खाद्यान्न, सूचना प्रविधि, बैंक तथा बित्तिय संस्था, जुत्ता–चप्पल, फर्निचर,बेकरी, जडिबुटी,होटल तथा रेस्टुरेन्ट, हर्बल, प्लास्टिकजन्इ उत्पादन लगायतका सामाग्रीहरु प्रदर्शनी गराउनुका बिक्री बितरण गरेका थिए । महोत्सवको पुस ७ गते पुर्व प्रधानमन्त्री शेरवहादुर देउवाले उदघाटन गर्नुभएको थियो ।