सल्यानकोट गाविस तर्फ जांदै गरेको ट्रक पल्टिंदा तीन जनाको ज्यान गयो

567 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ , – धादिङ जिल्लाको त्रिपुरेश्वर वाट सल्यानकोट गाविस तर्फ जांदै गरेको मिनि ट्रक दुर्घटना हुंदा तीन जनाको ज्यान गएको छ । त्रिपुरेश्वर गाविसको गणेशस्थानवाट गिट्टी लिएर सल्यानकोट तर्फ जांदै गरेको वा ३ ख २९२७ नम्बरको स्वराज ट्रक त्रिपुरेश्वर गाविसको  वडा नम्बर १ मा पर्ने जंगल नजिकै आज दिउंसो ५ वजे तिर उकालोमा अनियन्त्रित भई पल्टिंदा घटनास्थलमै तीन जनाको ज्यान गएको हो । उकालोमा ट्रक चढ्न नसक्दा अनियन्त्रित भई डेढ सय मिटर तल खस्न पुगेको स्थानीयवासीले वताएका छन ।
दुर्घटनामा परि ज्यान जानेहरुमा सल्यानकोट गाविस ४ घर भएकी ६० बर्षिया मिना नेपाली,९ बर्षिया सुन्दरी वस्याल र सल्यानकोट १ का ९ बर्षिय रविन्द्र राना रहेको स्थानीयवासी कृष्णकुमार श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परि अन्य पांच जना घाईते भएका छन । घाईते मध्ये चार जनाको  अवस्था चिन्ताजनक रहेको र अन्य १ जनाको पनि आंखामा चोट लागेकाले सबैलाई उपचारका लागि काठमाण्र्डौ पठाईएको छ । घटनास्थल सदरमुकाम धादिङबेसीवाट ३२ किलोमिटर उत्तरतर्फ पर्दछ ।