धादिङको सिद्धलेक ६ सिम्लेमा ८६ वर्षीया बृद्धाको हत्या, गोर्खा आरुघाटका बिजय श्रेष्ठ पक्राउ

169 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, २ कात्तिक २०८१ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ सिम्लेमा ८६ बर्षिया बृद्धाको हत्या भएको छ ।  गए राति अन्दाजी ११ बजे  तिर ८६ वर्षीया सुन्तली माया घलेको हत्या भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपि  डिल्ली नारायण पाण्डेले जानकारी दिएका छन् ।

हत्या भएको खबर लगत्तै पाण्डेले आफ्नै कमाण्डमा प्रहरी परिचालन गरी हत्यामा संलग्नलाई खोजेका थिए । हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउसमेत गरेको छ । निलकण्ठ नगरपालिका वडा नम्बर-८ को मैदी भञ्ज्याङबाट भाग्दै गरेको अवस्थामा बिहीवार बिहान गोर्खा आरुघाट गाउँपालिका निवासी २९ वर्षीय बिजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

गोर्खाबाट धादिङको सिद्धलेक गाउँपालिकास्थित सिम्लेमा आफन्तको घरमा गएको बेला छिमेकी सुन्तली मायालाई राति आफन्त लालबहादुर घलेको बारीमा लगी हत्या गरेर छाडिदिएको प्रारम्भिक वयानमा विजयले  वताएको प्रहरीले जानकारी दिएको छ ।

हत्याको कारण भने खुल्न सकेको छैन । युवकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *