केपि ओली अध्यक्ष बन्नुहुन्छ –सचिव पोखरेल

641 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१ असार ः दुई कार्यकाल पार्टी प्रमुखको जिम्मेवारी वहन गरिसकेका कोहि पनि व्यक्ति पुनः नेतृत्वमा आउन नपाउने नेकपा एमालेका सचिव शंकर पोखरेलले वताएका छन । महाधिबेशनको मिति नजिकिंदै जांदा पार्टी भित्र नेत्तृत्वको बिषयलाई लिएर छलफल हुनुलाई दुई लाईन संघर्ष भन्न नमिल्ने पोखरेलले वताए । एमाले नेत्तृत्व एउटै दस्तावेज लिएर महाधिवेशनमा जान लागेकाले पार्टी भित्र कुनै बैचारिक मतभेद नभएको उनको भनाई थियो ।
आगामी नेत्तृत्व चयनका लागि विधिको पालना गर्न वर्तमान नेत्तृत्व तयार रहेको वताउंदै नेता पोखरेलले पार्टीको अध्यक्ष केपि शर्मा ओलीनै हुनुपर्ने वताए । पार्टीको नेत्रृत्वका बिषयलाई लिएर वाहिर जे जति चर्चा चलेको भएपनि एमालेको केन्द्रिय समितिका आठ जना पदाधिकारी मध्ये पार्टी अध्यक्ष झलनाथ खनाल सहमतीको पक्षमा रहेको एक जना उपाध्यक्षले पार्टी छाडेर गईसकेको र वांकी रहेका पांच जना पदाधिकारीले अवको अध्यक्षमा ओलीलाई समर्थन गरिसकेकाले पार्टी अध्यक्षको बिषयमा एमाले नेत्तृत्व स्पष्ट रहेको पोखरेलले वताएका छन । प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले आईतवार धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै नेता पोखरेलले पार्टीको नवौं महाधिबेशनले सर्वसम्मतवाट अध्यक्षमा ओलीलाई चयन गर्ने दावी गरेका छन ।
नेकपा एमाले धादिङद्धारा आयोजित नवौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्न धादिङबेसी आईपुगेका नेता पोखरेलले पत्रकारहरुसंग कुराकानी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन । भेलालाई सम्वोधन गर्न नेता पोखरेलसंगै धादिङबेसी आईपुगेका उद्योग मन्त्री एवम एमालेका केन्द्रिय सदस्य कर्ण थापाले पनि ओलीलाई अध्यक्षमा देख्न देश विदेशका एमालेका कार्यकर्ता शुभ चिन्तकहरु आतुर रहेको वताएका छन । यसैगरी वर्तमान सरकार बिघटन हुंदैछ भन्ने हल्ला आएको छ नि भन्ने पत्रकारहरुको जिज्ञासाको जवाफ दिंदै मन्त्री थापाले संचार माध्यममा आए जस्तो तत्काल अहिलेको सरकार बिघटनको कुनै सम्भावना नरहेको दावी गरेका छन ।
राजनैतिक बिषयमा भन्दा आफ्नो मन्त्रालय संग सम्वन्धित बिषयमा पत्रकारसंग धेरैबेर कुराकानी गरेका मन्त्री थापाले मुलुकमा औद्योगिक विकासको प्रवल सम्भावना रहेको बताउंदै औद्योगिक लगानीको सुरक्षाका लागि पहल भईरहेको वताए । उद्योग मन्त्रालय अन्र्तगत रहेका उद्योग तथा संस्थानको अवस्था मुल्याङक्न गरी रुग्ण अवस्थामा रहेका उद्योग र संस्थानलाई पुनः संचालन गर्ने वाताबरण वनाउन सरकारले योजना वनाईरहेको मन्त्री थापाले जानकारी दिए ।