एस् एल् सी परीक्षामाथि टिप्पणिको मनसुन !
676 पटक पढिएको
एस् एल् सी. परीक्षाको हौवा मनसुन वर्षमा दुइपटक टौवाजस्तै भएर सञ्चारधरातलमा टिप्पणि , चर्चा ,व्याख्या , सुझाब , मार्गदर्श–नको मुसलधारे वर्षा बनी राम्रै भलबाढी मच्चाउ‘छ । ‘आइरनगेट’–को थ्रेट गरेर हल्लाका चल्ला पार्दै खल्ला र उपल्ला विवेचनामा बुज्रूकहरुका लेख आत्मरतिमा मजैले छटाउ‘छन् , जॉचको पूर्ब सन्ध्यादेखि परिणामका महिना दिनसम्म । शिक्षाविद् , योजनाकार , नीतिज्ञ , अभिभावक , नागरिक समाज, सरकार र विद्यार्थी सबैबाट परीक्षाको मर्यादा , गुणस्तरीयता , स्वच्छताको परम ज्ञान विरेचन गरी समाजलाई दिग्दर्शनको पाठ गुरुतम ढङ्गले प्रस्तुत हुन्छन् परीक्षाको समयमा । एस्एल्सीको परिणाम प्रकाशनपछि भने सम्बन्धितहरु कमजोरी जति अर्को पक्षलाई थुपारेर आपूm पानीमाथिको ओभानो बन्ने कसरतमा राम्रा पाटा चैं आ—आफ्ना कॉधमा हाल्छन् । आगामी समयमा आकाशै खसाउने सङ्कल्प गरेर ।
संसारको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदले शिक्षामा दुइ मूल कुरा ‘आत्मविश्वास र निस्वार्थीपन’ लाई जोड दिंदै सीप तथा नैतिकतालाई आ–मन्त्रणा गरेको छ । आत्मविश्वासमा स्वावलम्वन , सीप र रोजगारीपरकताको तत्व भेट्टाइन्छ भने निस्वार्थीपनमा नैतिकता , सदाचार र ज्ञानको त्रिवेणी भन्ने सङ्केत मुखर हुन्छ । त्यसैले त जियान ज्याक रुसोले बोले —‘ सॉचो शिक्षाले जीवनलाई पढ्न होइन बदल्न सिकाउ‘छ ।’ हो , निश्चय नै शिक्षाले शिक्षार्थीलाई जीवनको रुपान्तरण गरेर ज्ञान , अभिवृत्ति तथा सीपले सुस—ज्जित बनाउने हुति राख्छ । त्यसैले त शिक्षाविद्हरु भन्छन् —‘ शिक्षा जीवन हो , जीवनको लागि तयारी होइन । ’ यसबाट हामी यो बुभ्mछौं कि जीवन जिउन चाहिने यावत् पक्षहरु हाम्रा सिकाइका सार्थक पक्ष हुन् ।
आजको सन्दर्भमा नेपालको शिक्षा कुहिराको कागझैं बनेको छ । कयौं उच्च शिक्षा पाएका जनशक्ति बेरोजगार बनेर एक थरी सम्भ्रान्त मुलुकहरुको श्रमबजारमा त्वं शरणम् भएका छन् भने अर्काथरी जनशक्ति मध्यपूर्ब , अफ्रिका महादेशका देश र मलेसियालगायतका मुलुकमा दुःखसाथ श्रम बेचिरहेका छन् । मूलतः हाम्रो शिक्षा घोकन्ते , रटन्ते र चोरन्तेकै चक्र–व्यूहमा फन्को मारिरहेकै कारण यो नियति भोग्न परेको हो । झन्नै आठ दशक पार गर्न लागिसकेको नेपालको स्कूलतहको एस्एल्सी प्रतिदिन ख्या–उटे , दुब्लो बन्दै गएको अनुभव सबैलाई छ । वास्तवमा विद्यार्थी एउटा गहकिलो पुस्तक हो जसको पन्ना — पन्ना शिक्षकका अलावा अभिभावक, शिक्षाविद् र नीतिकारले समेत पढ्न सक्नु पर्छ । महात्मा मोहम्मदले ‘ शरीरको रगतभन्दा विद्यार्थीको मसी पवित्र हुन्छ ’ भन्नुको पछाडि कस्तो गूढ रहस्य लुकेको छ ।
परीक्षाको मौसममा थुप्रै विज्ञ र बुज्रूकहरुले सञ्चारमाध्यममार्फत विभिन्न टिप्सहरु परीक्षार्थीहरुलाई मात्र नभएर सबैलाई बॉडिरहेका हुन्छन् । जस्तै —ः प्रश्नपत्रनिर्माणमा वैज्ञानिकता , गुणस्तरीयता , वस्तुनिष्ठता । परीक्षार्थी मनस्थितिमा परीक्षा भनेको हाउगुजी भन्ने भूत सबार नगराई यसलाई सामान्य रुपमा ग्रहण गर्ने । जे—जसरी पनि पास हुनुपर्छ भन्ने धारणा सबै पक्षमा हट्नु पर्ने । चिट चोर्ने चोराउने सबैमाथि दण्डविधान कडासित कार्यान्वयनमा लग्ने । जुन— जुन केन्द्रहरुले परीक्षालाई मर्यादित र शालीन ढङ्गले सञ्चालन गरेका छन् ती—ती केन्द्र एवं त्यहॉ कार्यरतहरुलाई प्रोत्साहनार्थ पुरस्कृत गर्ने । परीक्षा सञ्चालनमा रहने शिक्षक कर्मचारी भर्तीलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने । आवश्यकभन्दा बढी अफबाह सञ्चार माध्यममा पस्किएर वितण्डा मच्चाउने शैलीको नियमन गर्ने । जॉच भनेको त्रासद भूतकै कुरुप रुप हो भन्ने दिमागी— गुलामी परीक्षार्थी नबन्ने । अभिभावकहरुमा आफ्ना नानीहरु जसरी पनि उत्तीर्ण हुनुपर्छ भन्ने रोगी विचारले अड्डा जमाउने मनोविज्ञान पूर्ण रुपमा धुने । यी उल्लिखित धारणाहरु परीक्षाको देला परिचर्चाको शिखरमा हुन्छन् । त्यसै गरी एस्एल्सीको परिणाम प्रकाशनपछि सम्बन्धित क्षेत्रका डेड —अक्कलीका औ—पचारिक र नक्कली सूत्रहरु गोमूत्र बनेर आफ्ना गल्ती चोख्याउन सञ्चार माध्यममा धारा प्रवाह ओइरिन्छन् । नयॉ—नयॉ उडन्ते नीति र योजनाका धाक पछारेर यहॉको बेमान कर्मचारीतन्त्र फट्याइ‘मा लोलोपोतो लगाउ‘छन् ।
वास्तवमा युनानी पण्डित ल्पेटोले भनेझैं ‘ शिक्षा त्यो औषधि हो, जसलाई खाएर मानव — मस्तिष्क स्वस्थ बनाउन सकिन्छ । ’ भन्ने गुरुवा—णी सबैले मनन गर्न जरुरी छ । आज हाम्रा सन्ततिले त्यस्तो शिक्षा आर्जन गर्न पाउन पर्छ जसले हाम्रो भौतिक वुभुक्षा र आध्यात्मिक उन्नति पूरा गर्न सामथ्र्य राखोस् । त्यसैले त भन्छन् —‘ विव्दान् ज्ञानको जलासय हो , तर स्रोत भने होइन ।’हो , नेपालका विज्ञहरुले पनि यही कुरा मनन गरेर हाम्रो भावी जनशक्तिलाई त्यही दिशातिर मार्च गराउनु जरुरी छ । असी बर्षको इतिहासको आरोहावरोह पार गरेको एस्एल्सी परीक्षा समय क्रममा झन् खिइनु , टाक्सिनु र सुकेनासले डल्लिनु प्रस्तावित नयॉ नेपाल जो हाम्रो सपना छ , त्यसमा कडा वज्र बज्रनु हो । यो बेला विद्यालयमा कार्यरत शिक्षकहरुले आफ्नो अस्तित्व मात्रै भनेर परीक्षालाई ठम्याउनु , अभिभावकहरुले लौह ढोका मान्नु , विद्यार्थीहरुले महाकालको सहोदर भाइ भनेर त्रसित हुनु , सरकार केवल कर्मकाण्ड पूरा गरेर पानीमाथिको ओभानो बन्ने प्रयत्नमा रल्लिनु पक्कै सुखद सङ्केत होइन ।
रटन्ते , घोकन्ते र मात्र चोरन्ते अक्षम यान्त्रिक जनशक्ति उत्पा—दन गरेर सिर्जनात्मक प्रतिभाको चीर हरण गर्ने नियत कही कतैबाट हुनु देशकै लागि विडम्वना अनि भावी पुस्ताको लागि धोका हो । यसरी यो परीक्षालाई युध्दकै अर्को अभ्यासमा उतारेर गोली चलाउनु पर्ने स्थिति केन्द्र केन्द्रमा पुग्नु पक्कै राम्रो लक्षण होइन । एकातिर सार्वजनिक विद्यालयहरु लगानीअनुसारको प्रतिफल दिन नसकेर निरीह बनिरहेका छन् भने अर्को तिर निजी विद्यालयहरुको उत्तीर्ण प्रतिसत संख्यात्मक रुपमा सन्तोषजनक देखिए पनि गुणात्मक तथा सिर्जनात्मक मेधा मर्दै गएको पाइन्छ । अतः यो सन्दर्भमा शिक्षक , अभिभावक , विद्यालय , नीतिनिर्माता र सरकारले विद्यार्थी लाई केन्द्रविन्दुमा राखेर विवेकपूर्ण चिन्तन गर्न खॉचो छ । एस्एल्सी परीक्षाको समय हुन थालेपछि र परीक्षाको नतिजालगत्तै यस बारे चर्चा, परिचर्चा , अन्तरक्रिया , संवाद तथा लेखहरुको मनसुन बर्साएर छापा, अनला–इन , दूरदर्शनहरुमा सुझाबका खहरे भेल ल्याउनु देश एवं जनतालाई झेल गर्नु हो । अघि र पछि गरी झन्नै तीन महिना यसको चर्चा , परिचर्चा र सु—धारको ढोलक पिटेर अरु समय कुम्भकर्ण बन्ने यहॉका शिक्षाका ठेकेदारहरुमा चेतावनीरुपी चेतनाको मशाल बाल्न समय घर्किसकेको छ । सबैलाई चेतना भया ………….।
समाप्तम् ।
(३० वर्ष शिक्षण पेशामा संलग्न निवृत्त शिक्षक हुन् , लेखक )