हावाहुरीले छानो उडाईदिएपछि मैदीको पिपलटार निमाविमा समस्या

512 पटक पढिएको

सम्पादक: Dhadingnews.com

create_thumbमैदी–हावाहुरीले बिद्यालय भवनको छानो उडाईदिएपछि धादिङको मैदी गाविसको पिपलटारमा रहेको पिपलटार निमाविको पठन पाठन प्रभावित हुन पुगेको छ ।
बिद्यालयको पांच कोठे भवनको जस्ताको छानो जेठ २८ गते बेलुकीपख आएको हावाहुरीले उडाएर क्षती पुर्याएको बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद दहालले वताउनु भयो । यस बिद्यालयमा अधिकांश कुमाल वालवालिका अध्ययनरत छन ।
बिद्यालयको छानो हावाले उडाईदिएपछि कक्षा कोठामा राखेर पढाउन समेत समस्या भएको बिद्यालयले जनाएको छ । जस्तापाता किनेर छाउनका लागि बिद्यालयसंग कुनै श्रोत नभएपछि सहयोगका लागि जिल्ला विकास समिति र जिल्ला शिक्षा कार्यालयमा धाएपनि केही सहयोग पाउन नसकेकाले बर्षाको कारण बिद्यालय भवन भत्कने सम्भावना वढ्दै गएको भन्दै सहयोगका लागि प्रधानाध्यापक दहालले आग्रह गर्नुभएको छ । बिद्यालयमा अहिले २ सय ६३ जना बिद्यार्थी अध्ययनरत रहेका छन ।