संविधानसभा बाहिर रहेका दलसँग उपत्यका बाहिरबाट वार्ता सुरु

757 पटक पढिएको

११ श्रावण २०७१, आईतवार २१:२६ सम्पादक: धादिङ न्यूज

इलाम–संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले आईतवार देखि इलाममा संविधानसभा बाहिरका विभिन्न दल तथा समूहसँग वार्ता शुरु गरेको छ । सभासद आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा रहेको प्रारम्भिक उपसमितिले सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बवान राज्य परिषद, किराँत जनवादी वर्कस पार्टी, किराँत जनवादी वर्कस पार्टी, संयुक्त जातीय मुक्ति मोर्चा लगायत समूहसँग वार्ता सुरु गरेको हो । संविधान निर्माण प्रक्रियामा सबैको सहभागिता होस् र संविधान निर्माणपछि आउने अन्तरविरोध कम होस् भन्ने उद्देश्यले सशस्त्र र संविधानसभा बाहिरका दलसँग वार्ता सुरु गरिएको उपसमितिले जनाएको छ । यस्तै, वार्तामा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले विज्ञप्ति जारी गरेर ताप्लेजुङ कारागारमा रहेका आफ्ना कार्यकर्ताको रिहा गर्नुपर्ने, उनीहरुमाथि लगाइएका झुट्टा मुद्दा फिर्ता लिनुपर्ने र अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नुपर्ने माग अघि सारेको छ ।