उपचार गरी एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

553 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images1काठमाण्डौं–उपचारका लागि सिङ्गापुर जानुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मंगलवार स्वदेश फर्कनु भएको छ । अध्यक्ष ओली मंगलवार मध्यान्ह् काठमाडौँ आइपुग्नु भएको हो । साउन ६ गते जानुभएका ओली सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराई उहाँ यही साउन ९ गते डिस्चार्ज हुनुभएको थियो ।

यसैबीच एमाले अध्यक्ष ओलीले सरकार गठनका क्रममा नेपाली काँग्रेससँग भएको सात बुँदे सहमति तत्काल कार्यान्वयन हुनुपर्ने बताउनु भएको छ । सिंगापुरबाट फर्किनुभएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सात बुँदे सहमति दराजमा थन्काउन नगरिएकाले तत्काल कार्यान्वयन हुने बताउनुभयो । उहाँले संविधानसभामा २६ जना सभासद्को मनोनयन पनि अब चाँडै हुने बताउनुभयो ।