नुवाकोटको सदरमुकाम बिदुर र बेत्रावती बजारमा खानेपानी अभाव

1109 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dharoनुवाकोट–अबिरल वर्षासगैं आएको बाढीले पाइप बगाउदा“ नुवाकोटको विदुर नगरपालिका र गेर्खु गाविसको बेत्रावती बजारमा खानेपानीको अभाव भएको छ । गेर्खुस्थित सातबिसे खोलामा आएको बाढीले रसुवाको पैरैवशी मुहानबाट ल्याएको खानेपानीको पाइप बगाएपछि दुई दिनदेखि सदरमुकाम विदुर क्षेत्रको तीन हजार घरधुरी र वेत्रावती बजारमा रहेका ८ सय घरधुरीमा खानेपानीको आभाव भएको हो । बाढीले खानेपानीको तीन वटा सिआई पाइपमा क्षति पुर्याएपछि सदरमुकाम क्षेत्रमा खानेपानी समेत अभाव भएको छ । बाढीले ३० लाख रुपैया“ भन्दा बढीको भौतिक सामाग्री क्ष्ँति पुर्याएकाले मर्मतको लागि अझै एक साता लाग्ने खानेपानी आयोजनाका अध्यक्ष नारायण खनालले जानकारी दिनुभयो । यस्तै, हरियाली सिचाई आयोजनाको सिचाई परियोजना बगाउदा“ बेत्रावती फा“टको सातसय रोपनी खेतमा सिचाई अभाव भएको छ ।