कारवाही हुनु पूर्वकै जिम्मेवारी रहने गरी काँग्रेसका तीन नेताको कारवाही फिर्ता

547 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २४साउन  – दोश्रो संविधान सभा निर्वाचनका वेला पार्टीका उम्मेदवारलाई अहयोग गरेको भन्दै निर्वाचन पछि पार्टीको जिम्मेवारीवाट मुक्त गरिएका नेपाली काँग्रेस धादिङका तीन नेता माथिकोे कारवाही फिर्ता भएको छ ।
नेपाली काँग्रेस धादिङ क्षेत्र २ नं क्षेत्रीय कार्यसमितिले निर्वाचनमा असहोगको आरोप लागimages (2)उँदै आफ्ना तीन जना जिल्ला नेता माथि गरेको कारवाही साउन २४ गते शनिबारक बसेको क्षेत्रीय कार्य समिति र गाउँ समितिका सभापतिहरुको संयुक्त बैठकबाट फिर्ता गरिएको हो । गत बर्षको पुस १२ गते बसेको क्षेत्रीय समितिको बैठकले नेपाली काँग्रेसका महासमितिका सदस्य भीमप्रसाद ढुङ्गाना र राजाराम कार्की र तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्मालाई पार्टी हित विपरीत कार्य गरेको भन्दै कारवाही गरेको थियो । क्षेत्रीय समिति र गाउँ सभापतिको बैठकले तिनै जना नेताहरुलाई कारवाही हुनु पूर्वकै जिम्मेवारी रहने गरी कारवाही फिर्ता गरेको क्षेत्रीय सभापति विनोद तिमल्सेनाले जानकारी दिनुभयो ।