नेकपा एमाले धादिङ–पोखरा सम्पर्क मञ्चको साधारणसभा

723 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????पोखरा–नेकपा एमाले धादिङ–पोखरा सम्पर्क मञ्चको वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभामा सचिव बेनी पाठकले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष प्रेम थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य रविन्द्र अधिकारीले एमाले पार्टीमा आस्थावान् कार्यकर्ताहरु धादिङबाट पोखरामा आएर समेत यसरी एक भएर अघि बढ्दा आफूलाई खुशी लागेको बताउनु भयो । ‘भौगोलिक हिसाबले हामी जहाँका हौं । तर विचारले एक छौं । पार्टीलाई सबल बनाउन कार्यकर्ताहरु यसरी संगठित हुनु आवश्यक छ ।’ अधिकारीले भन्नुभयो । उहांले धादिङका सबै चेलीबेटीलाई आमन्त्रण गरेर माईत जान नपाएपनि आफ्नै दाजुभाइको आतिथ्यताले सन्तुष्टि मिल्ने अवसर प्रदान गरेकोमा मञ्चलाई धन्यवाद पनि दिनुभयो ।

साधारणसभाकै अवसरमा नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको सन्दर्भमा धादिङबाट पोखरा आई स्थायी तथा अस्थायी बसोबास गर्दै आएका चेलीबेटीलाई शुभकामना प्रदान गर्दै मञ्चले दर समेत खुवाएको हो । करीब सात सय जनाको सहभागिता रहेको थियो ।

नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापाले पार्टीप्रति आस्था राख्ने धादिङका कार्यकर्ताहरु पोखरामा आएर समेत एकताबद्ध हुँदा एकताको सन्देश फैलाउने काम गरेको बताउनुभयो । उहांले एमाले कास्की जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि जनाउनुभयो ।

मञ्चका अध्यक्ष कृष्णबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले कास्की क्षेत्र नंं ३ सदस्य गोकर्ण अधिकारी, एमाले क्षेत्र नंं. २ विशेष नगर ईलाका अध्यक्ष वीरबहादुर थापा, मञ्चका उपाध्यक्ष अर्जुन खतिवडा लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष रामबहादुर अर्याल तथा संचालन सचिव बेनी पाठकले गर्नुभएको थियो ।