असमति सप्ताह ?

838 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

badri dahaalआजैदेखि चल्यो हजुर , स—मतिको सप्ता ।

सम्विधान पाइने भो , कति मजा हप्ता ।।

शीर्श नेता तीर्थ सम्झ , छसय एक भेडा ।

वर्सौ बर्ष मिलिरन्छ ,बर्फी लड्डू पेडा ।। १।।

गम्भीर छन् अधीरका , छलफल कल ।

वाक्युध्दमा चल्न थाल्छ , भदौरे कुभल ।।

सम्विधान सभा अब , फाल्तु जोक्कर भयो ।

छ सय एक् बबुरा हो , जागिर ओख्खर भयो ।। २ ।।

 

छलछाम ‘वाद’ यिन्को , तदर्थ हो नीति ।

ठालू पल्टी भालु बन्ने , अनर्थको थिति ।।

सम्विधान बन्यो भने , कानुन मान्नु पर्छ ।

शीर्श भई बस्न हाम्ले , सधैं जान्नु पर्छ ।। ३।।

सर्ब पक्ष मिली अब , सभा बनाएर ।

खोर्मा थुनौ भेडा सबै , दाम्लो लगाएर ।।

छल्को फल चखाउछौ , सप्ता लगाएर ।

माइनस किन हुने हामी , विधान बनाएर ।। ४।।

नोकर्चाकर जय गाउ , भय हुन्न सत्ता ।

लाख तलब काखमा छ , अझै खाउ भत्ता ।।

विदेशमा युवा पुर्याउ , बुढाबूढी राख ।

विरोध गर्ने क्वै हुँदैन , खाउ लाखौं लाख ।। ५।।

गोलमेच् त मेच्को रक्षा , गर्ने नौटङ्की हो ।

बगलीमा छुरा बोक्ने , हामी जङ्गी नै हो ।।

तारे होटेल रिसोर्ट्मा ,रौसी रोस्ट टोस्ट ।

भकुर्छौ है , गेट पाले हो , बजाउ घन्ट शङ्ख ।।

स—मती सहकार्य एकताको कुरा । द्यौता जस्तै अमूर्त हो , बुझ साना भुरा ।।

बालुवाको घर बन्छ ,ढुङ्गा टुसाउछ । उन्यु फुल्दै सप्ताहले , जगै हसाउछ ।।