तोकिएकै मितिमा संविधान जारी हुन्छ– महामन्त्री सिटौला

571 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sitaulaकाठमाडौँ, – नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले तोकिएको समयमै संविधान जारी हुने र त्यसमा कुनै पनि आशङ्का नगर्न आग्रह गर्नुभएको छ ।

नेपाल टे«ड युनियन काँग्रेसले मन्त्रिपरिषद्बाट सभासद्मा नियुक्त हुनुभएका सभासद् पुष्कर आचार्यको सम्मानमा  आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दलहरूबीचमा रहेको विवादित विषयहरूमा समेत छिट्टै सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।

विवादित विषयमा संविधानसभामा छलफल भइरहेको जानकारी दिँदै उहाँले सहमति हुन नसकेका विषयलाई पुनः संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा पठाइने र सहमति भएका विषयहरू मस्यौदा समितिमा पठाइने जानकारी गराउनुभयो ।

महामन्त्री सिटौलाले आगामी संविधानमा मजदुर अधिकार सुरक्षित गर्नका लागि आफ्नो पार्टीका तर्फबाट हदैसम्मको प्रयास गर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका सभासद् बद्री पाण्डेले मजदुर आन्दोलतबाट जन्मिएको काँग्रेसले श्रमिक अधिकारलाई संस्थागत गर्न कुनै पनि कन्जुस्याइँ गर्न नहुनेमा जोड दिनुभयो ।

नेपाल टे«ड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले मजदुरमैत्री संविधान लेख्नका लागि संविधानसभाको ठूलो दलको हैसियतले काँग्रेसको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपाल टे«ड युनियन काँग्रेसका सल्लाहकार लक्ष्मणबहादुर बस्नेतले भावी संविधानमा मजदुरको सामाजिक सुरक्षाका विषयमा प्रष्ट धारणा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सम्मानित व्यक्तित्व आचार्यले संविधानसभामा मजदुरमैत्री संविधान बनाउन आफ्नो तर्फबाट विशेष पहल गर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेसकाका वरिष्ठ उपाध्यक्ष रामजी कँुबर, उपाध्यक्ष रमा दाहाललगायतले श्रमिकको हित र अधिकारका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।