एपेक्स लाइफ स्कुलको अन्तर्राष्ट्रिय संयोजकमा अधिकारी

994 पटक पढिएको

३ आश्विन २०७१, शुक्रबार १९:१२ सम्पादक: धादिङ न्यूज

 madhav adhikari काठमाडौँ, काठमाडौँको मध्यबानेश्वरस्थित एपेक्स लाइफ स्कुलको अन्तर्राष्ट्रिय संयोजकमा माधव अधिकारी नियुक्त हुनुभएको छ । अन्तर्राष्ट्रियस्तरका संघसंस्था र विद्यालयसँग सम्बन्ध विस्तार गर्न विद्यालयले शिक्षक अधिकारीलाई सो जिम्मेवारी दिएको हो ।विद्यार्थीलाई परिवर्तित सन्दर्भमा विश्व नागरिकका रुपमा परिणत गर्ने विद्यालयको नीति अनुरुप अन्तर्राष्ट्रिय संयोजकको ब्यवस्था गरिएको प्रिन्सिपल सुवास न्यौपानेले बताउनुभयो ।नवनियुक्त संयोजक अधिकारीले विद्यालयलाई विश्व समुदायमा परिचत गराउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता ब्यक्त गरे । ब्रिटिस काउन्सिल लगायतका संघसंस्थाको सहयोगमा विद्यालयले विभिन्न देशका विद्यालय र संस्थाहरुसँग सहकार्य गरिरहेको छ ।