एलिना रायमाझी र जीबी चिरणको साथमा सिम्रन धितालले ल्याइन ‘तोरी लाउरे’ (भिडियो सहित)
10 पटक पढिएको
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नवप्रवेशीको रुपमा फरक स्वादको प्रस्तुतिका साथ उपस्थित भएकी गायिका सिम्रन धितालले ‘तोरी लाउरे’ नामक गीतको भिडियो सार्वजनिक गरेकी छिन् । शब्द तथा संगीतको सृजनासमेत आफैं गरेकी धितालले उक्त गीतको भिडियो पनि आफ्नै नामको युट्युबमार्फत डिजिटल बजारमा सार्वजनिक गरेकी हुन् ।
टिनएजर अवस्थामा विपरीत पात्रप्रति आकर्षित हुँदा उत्पन्न हुने भावना व्यक्त गरिएको गीत फरक स्वादको रहेको छ । गीतमा प्रयोग भएका शब्द तथा सरल संगीतले जोसुकै युवा युवतीहरुको मन छुन्छ भने जोसुकैले पनि सहजै गुनगुनाउने गीत बनेको छ ।
भिडियो चलेका कलाकारहरु एलिना रायमाझी र जीबी चिरन फिचर्ड छन् । भिडियोमा हाँस्य र नृत्य विधाको मिश्रण गरिएको छ । कलेज पढ्ने उमेरका युवा वर्गलाई लक्षित गरेर भिडियो निर्माण गरिएको छ । भिडियोको छायाँकन सुदीप मैनालीले गरेका छन् भने विशाल कैनीको कोरियोग्राफीमा तुलसी बाँस्कोटाको सम्पादन तथा निर्देशन रहेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्







