एमाले सभासद्ले राष्ट्रिय झन्डाको प्रतीकचिह्न लगाउने

932 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nepalकाठमाडौँ, २३ असोज । नेकपा(एमाले) का सभासद्ले राष्ट्रिय झन्डाको प्रतीकचिह्न अनिवार्य लगाउने भएका छन् ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई राष्ट्रिय झन्डाको प्रतीकचिह्न  लगाई विहिवार सो कार्यको शुभारम्भ गर्नुभयो । पार्टीको आठौँ महाधिवेशनपछिको पहिलो केन्द्रीय बैठकमा पार्टीका नेता तथा सभासद् रामेश्वर फुयाँलले पार्टीका कार्यक्रममा नेपालको चन्द्रसूर्य अङ्कित झन्डालाई प्रयोग गर्न प्रस्ताव गर्नुभएको थियो ।

नेपालको राष्ट्रिय झन्डा हजारौँ वर्षदेखिको प्रयोग भएकाले त्यसलाई निरन्तरता दिएर अघि बढ्न सकेमा मात्र देशको हिमाल, पहाड र तराईको एकता मजबुत भई राष्ट्रियता सुदृढ हुने फुयाँलले बताउनुभयो ।

अब सो पार्टीका सभासद्ले औपचारिक तथा अनौपचारिक कार्यक्रममा लगाइने कोटको दायाँपट्टि संविधानसभा सदस्यको प्रतीकचिह्नसँगै राष्ट्रिय झन्डाको प्रतीकचिह्न पनि लगाउने छन् । पार्टीका १७४ सभासद् छन् ।