सडक दुर्घटनामा घाइते भएका आर्थिक पत्रकारलाई सहयोग

428 पटक पढिएको

सम्पादक: Dhading News

paisaaकाठमाडौँ, ३० असोज । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सडक सडक दुर्घटनामा घाइते हुनुभएका आर्थिक पत्रकार किरण अधिकारी र मोदनाथ ढकालको उपचारार्थ खडा गरिएको कोषको रकम आज हस्तान्तरण गरेको छ ।

कोषमा रु चार लाख २७ हजार २६६ जम्मा भएकामा उहाँहरुको उपचारमा लागेको खर्चका आधारमा क्रमशः करिब रु तीन लाख २४ हजार र रु एक लाख ३८ हजार हस्तान्तरण गरिएको हो ।

उपचार कोषमा सेजन, नेपाल अमेरिका पत्रकार सङ्घ, आर्थिक पत्रकार तथा विभिन्न शुभेच्छुक व्यावसायिक संस्था र व्यक्तिले योगदान गरेको जनाइएको छ ।