श्री एयरलाइन्सले नयाँ हेलिकोप्टर ल्यायो

938 पटक पढिएको

सम्पादक: Dhading News

download (1)काठमाडौँ, ९ कात्तिक । निजी क्षेत्रको विमान कम्पनी श्री एयरलाइन्सले फ्रान्समा निर्मित एयरबस कम्पनीको छ सिट क्षमताको आधुनिक नयाँ यात्रु बाहक हेलिकोप्टर ल्याएको छ ।

देशको माग अनुसार पर्यटन प्रवद्र्धन र उद्धार कार्यमा सेवा विस्तार गर्न अब एयरलाइन्ससँग आधुनिक तीन सहित नौ वटा हेलिकोप्टर रहेको श्री एयरलाइन्सका कार्यकारी अध्यक्ष बनवारीलाल मित्तलले बताउनु भयो ।

करिब रु पच्चीस करोड लागत रहेको सो हेलिकोप्टर तीस हजार फिटको उचाई सम्म उड्न सक्ने सुरक्षा ,सुविधा र विश्वासनीयताको दृष्टिले युरोपेली मापदण्ड अनुरुप रहेको अध्यक्ष मित्तलले जानकारी दिनु भयो ।

सो एयरलाइन्सले हालैको हिउँ पहिरोमा परेका पर्यटकको उद्धार कार्यमा सक्रिए रुपमा सहयोग गरेको र देशभर धार्मिक पर्यटकलाई गन्तव्यस्थल सम्मको सेवा र कार्गो सेवा समेत पुर्याउदै आएको जनाएको छ ।