डुबखाङमा अष्ट महाबौद्ध चैत्यको निमार्ण

612 पटक पढिएको

प्रकाशित मिति: २०७१, ६ मंसिर शनिबार १५:३१

सम्पादक: धादिङ न्यूज

 

 

4सेमजोङ-उत्तरी धादिङको सेमजोङ गाविस १ वाका डुबखाङमा करिब ५० लाख लागतको लगानीमा ८ वटा अष्ट महाबौद्ध चैत्यको निमार्ण गरिएको छ ।
सेमजोङ गाविसका स्थानीय बासिन्दाहरुको जिवन स्तर बृद्धि गर्ने, धादिङ लगायत नुवाकोट जिल्लाहरुमा पर्यटकहरुको आगमनलाई कसरी ब्यापकता बनाउने र यस क्षेत्रलाई दोस्रो नमो बुद्ध तिर्थ पर्यटनको रुपमा घोषणा गर्ने उदेश्यले अष्ट महाबौद्ध चैत्यको निमार्ण गरिएको नेपाल अहिंसाबादी बौद्ध धर्म विश्व शान्ति चक्र संघ सेमजोङ धादिङका अध्यक्ष घनसुर वाईवाले जानकारी दिनु भयो । सेमजोङमा निमार्ण गरिएको ८ वटा महाअष्ट चैत्यहरुको फरक फरक महत्व रहेको छ । भगवान् बुद्धले ४५ बर्ष सम्म ध्यान गरी  जसमा मानिसहरुले अन्जानमा गरेका पापहरु छन् भने यस चैत्यमा आई दर्शन गर्दा ती पापहरुको विनाश हुने, भगवान् बुद्धले सत्य र असत्य तिर कसरी लाग्ने भनी बुद्धोत्वको प्राप्त पछि ८ वटा भागमा विभाजन गरी चैत्यको निमार्ण गरिएको, मानिसलाई सुख र दुखको अनुभूति यस चैत्यबाट मिल्लने, घमण्ड गर्ने मानिसलाई भगवान्ले १५ दिन सम्म शक्ति प्रदर्शन गरी महाराजको घमण्डलाई सखाव पारी दिएको, धार्मिक रसामाजिक कार्यमा प्रेरणााको स्रोत मानी शाक्य र कौली नदीको सिमाको बारेमा भएको द्धन्द्धको अन्त्य, पञ्च विस शत्रुलाई दमन र विजयी गरी ज्ञान प्राप्त गरी संसारको सबै प्रणालीलाई उद्धार गर्न सफल जस्ता महत्व रहेको खेम्पो पेमा साम्बाले जानकारी दिनु भयो । उक्त महाअष्ट चैत्यको २ सय ८५ वटा सिँढीहरु रहेको नेपाल अहिंसाबादी बौद्ध धर्म विश्व शान्ति चक्र संघ सेमजोङ धादिङका धनसुर वाइवाले बताउनु भयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, ६ मंसिर शनिबार १५:३१ मा प्रकाशित