गच्छदारले भने, गणतन्त्र र संघीयता उपयुक्त छैन
490 पटक पढिएको

काठमाडौं, मंसिर ७ – मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले आफूले नेपाली कांग्रेसमा काम गरिसकेको हुनाले उनीहरु कहिले पनि गणतन्त्र र संघीयताको पक्षमा नरहेको कुरा राम्ररी बुझेको बताएका छन् । २२ दलीय मोर्चाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्र
ममा बोल्दै गच्छदारले भने, कांग्रेसले के चाहेको छ मैले प्रस्ट बुझेको छु किनभने मैले कांग्रेसमा बसेर लामो समय काम गरिसकेको छु । उनीहरु कहिले पनि गणतन्त्र र संघीयताको पक्षमा थिएनन् । गच्छदारले स्व. गिरिजाप्रसाद कोइरालाले अवसान अघि देशमा गणतन्त्र र संघीयता उपयुक्त हुँदैन भनेको दाबी गरे । ‘कांग्रेस पहिलेदेखि नै परिवर्तनको पक्षमा थिएन । अहिले आएर त्यही कुरा पुष्टि हुँदै गएको छ,’ उनको भनाई थियो । उनका अनुसार सत्तारुढ दलले संयुक्त प्रस्ताव ल्याउनुनै संविधान निर्माण नगर्ने नियत भएको जिकिर गरे । ‘राजनीतिमा अहिले विभाजन छ त्यही भएर उनीहरुले यस्तो प्रस्ताव ल्याएका हुन्,’ गच्छदारको भनाई थियो –
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७१, ७ मंसिर आईतवार १६:११ मा प्रकाशित