महिनावारी हुँदा श्रीमतीलाई कसरी सहयोग गर्ने ?

674 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Capture (3)महिनावारी भएको बेला महिलाहरु सानो सानो कुरामा रिसाउने गर्दछन् र पुरषहरुलाई उनीहरु किन रिसाउने गर्दछन् भन्ने कुराको जानकारी हुँदैन । यस्तै परे उनीहरु महिलाभन्दा बढि रिसाउने गर्दछन् । तर, श्रीमानहरुले के बुझ्न जरुरी छ भने, कहिलेकाँही मात्र रिसाउने श्रीमतीलाई आखिर के भएको छ त ? तपाईंकी श्रीमती महिनावारी भएको बेलामा पनि रिसाउने गर्दछिन् । महिनावारी भएको बेलामा महिलाहरुको हर्मोनमा परिवर्तन आउने गर्दछ जसले गर्दा उनीहरुलाई थकान, चिढचिढापन, कमजोरी र ज्वरो पनि आउने गर्दछ । तपाईं आफैँ सोच्नुहोस् कि यस्तो बेलामा उनले घरको सबै काम कसरी एक्लै गर्न सक्छिन् ? आफ्नी श्रीमती महिनावारी भएको बेलामा उनीप्रति थोरै संवेदना देखाएर उनलाई मद्दत गर्न सक्नुहुनेछ । आउनुहोस्, श्रीमतीको मासिक धर्मको बेलामा उनलाई कसरी सहयोग गर्न सकिन्छ त्यो कुराको जानकारी लिऔँ ।

१. सम्झनुस् उनी कुनै समस्यासँग जुधिरहेकी छिन्ः
सम्झनुहोस् कि उनलाई यो समय कति पिडा हुन्छ । पेट दुखाई, ढाड दुखाई, टाउको दुखाई– यी सबै पिडाहरु कसरी एकैपटक सहन गरिरहेकी होलिन् । कतिपय अवस्थामा त महिलालाई ज्वरो पनि आउने गर्दछ । यतिबेला उनको आवश्यकताहरुलाई थाहा पाउनुस् ।

२. उनलाई राम्रो महसुस गराउनुहोस्ः
यस्तो बेलामा उनलाई भित्रबाट नै निकै नरमाइलो लाग्ने गर्दछ त्यसकारण तपाईंले उनलाई केहि कुराको बारेमा राम्रो महसुस गराउनुहोस् । उनलाई बताउनुस् कि उनी कति राम्री छिन् र आजकाल कति राम्री देखिन्छिन् । यसबाट उनको आत्मविश्वासमा वृद्धि हुने गर्दछ ।

३. घरको काममा सहयोग गर्नुहोस्ः
महिनावारी भएको बेलामा श्रीमतीलाई घरको काममा मद्दत गर्नुहोस् । यसो गर्नाले उनको मानसिक तनावमा कमी आउने गर्दछ ।

४. मसाज गर्नुहोस्ः
उनलाई तनावमा भएको थाहा पाउनेबित्तिकै मज्जाले मसाज गरिदिनुहोस् । यसले उनको पिडालाई निकै राहत प्रदान गर्दछ ।

-(एजेन्सी)