दुर्घटनामा गम्भिर घाइते भएका सभासद खड्काको निधन

525 पटक पढिएको

सम्पादक: Dhading News

hari khadkaaकाठमाडौं– जीप दुर्घटनामा गम्भिर घाइते भएका सभासद हरिबहादुर खड्काको निधन भएको छ। खड्काको ८:२० मा निधन भएको चिकित्सकले परिवारलाई जानकारी दिएको उनका भाञ्जा अर्जुन घिमिरेले जानकारी दिए।
खड्काको न्युरो अस्पतालमा उपचार भइरहेको थियो। खड्का चढेको ग १ झ २२४ नम्बरको जीप बाग्लुङको भकुन्डे ९ स्थित गलुवामा बुधबार दुर्घटना भएको थियो। प्रधानमन्त्री सुशील कोइरालाले उद्‌घाटन गर्ने बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसले आयोजना गरेको धनधन्यञ्चल महायज्ञ उद्‌घाटन समारोहमा सहभागी हुन जाँदा उनी दुर्घटनामा परेका थिए।
कच्ची बाटोमा जीप पल्टिँदा च्यापिएर खड्काको टाउकोमा गम्भीर चोट लागेको थियो।