लापामा धारिलो हतियार प्रहार गरी एक युवक गम्भिर घाइते

624 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ धादिङ जिल्लाको लापा गाविस वडा नम्बर ६ मा मंगलवार धारिलो हतियार प्रहार गरी घाइते बनाईएका नेकपा -माओवादीका जिल्ला सदस्य सुकलाल तामाङको आक्रमणमा आफ्ना पार्टी  कार्यकर्ताको संलग्नता नरहेको नेपाली कांग्रेस धादिङले जनाएको छ । बुधवार एक बिज्ञप्ति जारी गरी आफ्नो पार्टी  जिल्ला  कमिटी सदस्य सुकलालको आक्रमणमा नेपाली कांग्रेसका कार्यकर्ताहरु डेविट भनिने देउता तामाङ,पेम्वा तामाङ ,पदम तामाङ लगायत ९ जनाको समुहले धारिलो हतियार प्रहार गरी घाइते वनाएको नेकपा -माओवादी धादिङले आरोप लगाएको थियो ।
नेकपा -माओवादीले बिज्ञप्ति जारी लापा घटनामा नेपाली कांग्रेसका कार्यकर्ताहरु संलग्न्ा रहेको आरोप लगाए लगत्तै नेपाली कांग्रेस धादिङले पनि बिज्ञप्ति जारी गर्दै नेकपा-माओवादीको आरोपको खण्डन गरेको छ । कांग्रेसका जिल्ला सभापती रामनाथ अधिकारीद्धारा जारी गरिएको बिज्ञप्तिमा सुकलाल तामाङको आक्रमणमा नेपाली कांग्रेसका कुनै कार्यकर्ताको संलग्नता रहेको छैन, र आक्रमणमा संलग्न भनिएका कोही पनि नेपाली कांग्रेसका साधारण सदस्य समेत नभएकाले कांग्रेस पार्टीलाई  बदनाम गराउन झुठो प्रचार गरिएको उल्ल्ोख गरिएको छ ।
धादिङ जिल्लाको उत्तरी क्षेत्रको विकटका वस्तिलाई अपराधमुक्त बनाउने स्थानीय प्रशासन र जिल्लाका प्रमुख राजनैतिक दलहरुको प्रतिबद्धताको मसि सुक्न नभ्याउंदै  जिल्लाको लापा गाविसका एक युवकलाई  धारिलो हतियार प्रहार गरी गम्भिर घाइते वनाईएको छ ।
धादिङ जिल्लाको उत्तरी भेगको विकटमा रहेको लापा  गाविस वडा नम्बर ६ का ३० बषिर्य सुक लामा तामाङलाई मंगलवार गाउंमै धारिलो हतियार प्रहार गरी घाइते वनाईएको हो । मंगलवार दिउंसो १ वजे तिर लापा मावि नजिकै भएको सो घटनामा परि तामाङको दाहिने हातको पाता छिन्नुका  साथै शरिरका अन्य भागमा समेत गहिरो चोट लागेका कारण मंगलवारनै हेलिकप्टरवाट उद्धार गरी काठमाण्डौ लगिएको थियो ।
घाइते लामाको काठमाण्डौ थापाथली स्थित नर्भिक अस्पतालमा उपचार भईरहेको आफन्तहरुले वताएका छन । लामा नेकपा -माओवादीका कार्यकर्ता भएकाले उनि माथि राजनैतिक आस्थाका आधारमा आक्रमण गरिएको भन्दै सो पार्टीले  घटनाको छानविन गर्न माग गरेको छ । घटनास्थल सदरमुकाम धादिङबेसीवाट दुई  दिनको पैदल यात्रा पछि पुग्न सकिन्छ । केही दिन एकिकृत घुम्ति शिविर उदघाटनका लागि जिल्लाको दार्खा गाविस पुगेको स्थानीय प्रशासन र जिल्लाका प्रमुख राजनैतिक दलका नेताहरुको टोलीले र्सार्वजनिक कार्यक्रमको आयोजना गरी दार्खा र आसपासका क्षेत्रलाई अपराधमुक्त वनाउने घोषणा गरेका थिए ।