गुयानामा १२ नेपाली पक्राउ, जनही झण्डै ३० लाख जरिवाना तोकियो

671 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Nepali-in-Guyana-1काठमाडौ । अवैधरुपमा अमेरिका छिर्ने योजनामा रहेका १२ जना नेपालीलाई दक्षिण अमेरिकी मुलुक गुयानामा झण्डै जनही ३० लाख रुपैयाँ जरिवाना सुनाइएको छ देशपरदेश डट कमले खबर छापेको छ ।

अबैधरुपमा आफ्नो मुलुक प्रवेश गरेको भन्दै त्यहाँको स्थानीय अदालतले जनही ३० हजार अमेरिकी डलर जरिवाना सुनाएको गुयनाटाइम्स अनलाइनले जनाएको छ ।

यसरी जरिवाना तोकिएका नेपालीहरुमा कुन्जाव गुरागाई, नर्वु शेर्पा, शंकर सापकोटा, विनोश जिसी, प्रकाश अली खान, तेन्जी शेर्पा रहेका छन् ।

यसैगरी तेन्जी छेर्पिङ्, सीताङ् गुरुङ्, धनराज तिम्सिना, भिल्ली पौडेल र प्रकाश नेपाली रहेको प्रहरीले जनाएको छ ।

अदालतले उनीहरुलाई जरिवाना बापतको रकम तिर्नका लागि दुई साताको समय दिएको छ ।

Nepali-in-Guyana-2गत नोभेम्बर १५ तारिखमा पक्राउ परेका उनीहरुलाई डिसेम्बर ८ मा अदालतमा पेश गरिएको थियो ।

उनीहरुलाई जरिवाना नतिरेसम्म हिरासतमै राख्न पनि अदालतले आदेश दिएको छ ।

अवैध तरिकाले गुएना पुगेका उनीहरुसँग भेनेजुयला प्रवेश गर्ने भिसा नभएपछि गुएनामा पक्राउ परेका हुन् ।

अदालतसमक्ष गल्ती स्वीकार गरेपछि उनीहरुलाई सजाय तोकिएको हो ।

जरिवाना तिरेपछि नेपाल फर्काउन आदेश दिएको अदालतले त्यतिन्जेलसम्म उनीहरुलाई हिरासतमा राख्न भनेको छ ।

पछिल्लो समयमा अफ्रिकी र दक्षिण अमेरिकी मुलुकको बाटो हुँदै अबैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्ने नेपालीहरु पक्राउ पर्ने क्रम बढिरहेको छ ।

पछिल्ला ६ महिनायता एक सयभन्दा बढि नेपाली बिभिन्न मुलुकमा पक्राउ परिसकेका छन् ।