धादिङका वजार भन्दा गाउं बढी उज्यालो

1024 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
bijuli balyoधादिङ,- विद्युत्त उत्पादनमा आएको कमीका कारण यतिबेला मुलुकमा लोडसेडिङको अवधि बढ्दै गईरहेको बेला धादिङ जिल्लाका ग्रामीण भेगहरु भने लघु जलबिद्युत्त आयोजनाका कारण झिलिमिलि बन्दै गएका छन । जिल्लाको उत्तरी  भेगमा पर्ने बुढाथुम र मुलपानी गाविसका अधिकांश घरमा लघुजलबिद्युत्तवाट उत्पादित विजुली पुगेको छ । दुई गाविसको सिमानामा रहेको मनपाङ खोला र अन्य साना खोलाहरुवाट दुवै गाविसमा गरी अहिले सम्म १५ वटा साना तथा ठुला जलबिद्युत्त आयोजना संचालनमा आईसकेको छ । ति मध्ये ६ वटा जलबिद्युत्त आयोजना मनपाङ खोलामा निर्माण गरिएको मुलपानी गाविसका पुर्व अध्यक्ष एवम लघु जलबिद्युत्त उपभोक्ता संघ धादिङका अध्यक्ष शम्भु थापा बताउंछन ।त्यसैगरी दक्षिणी धादिङको महादेवस्थान गाविसमा पर्ने मलेखुखोलामा पनि चार वटा आयोजना निर्माण सम्पन्न भई बिद्युत्त उत्पादन शुरु भईसकेको छ ।
एउटै खोलावाट सबैभन्दा बढी जलबिद्युत्त आयोजना निर्माण भएको मनपाङ खोला लघु जलबिद्युत्तबाट मात्र ८७ किलोवाट र पेल्ट्रिक सेटवाट मुलपानीमा १७.५ किलोवाट,बुढाथुममा १० किलोवाट बिद्युत्त उत्पादन भई मुलपानी, र बुढाथुम गाविसका वासिन्दाले लोडसेडिङ मुक्त बिजुली उपभोग गर्दै आईरहेका छन । त्यसोत जिल्लाभरीमा पेल्ट्रिक सेट ४४ वटा निर्माण भई संचालनमा रहेका ग्रामीण उर्जा तथा बाताबरण शाखाले जनाएको छ ।
धादिङ जिल्लाका ७३ हजार ८ सय ५१ घरधुरीमध्ये ३६ हजार १ सय १६ घरपरिवारले अहिले सम्म बिद्युत्त तथा अन्य उर्जाको प्रयोग गरिरहेको जिल्ला विकास समितिको तथ्याङले देखाएको छ । विद्युत्तिकरण भएका ३६ हजार १ सय १६ घरधुरीमध्ये जिल्ला ऊर्जा तथा वातावरण शाखाबाट २ सय २७ किलोवाट विद्युत्त उत्पादन भई १ हजार ९ सय ७१ घरधुरी, ऊर्जा क्षेत्र सहयोग कार्यक्रमवाट ३ सय ५५.२५ किलोवाट,बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा ग्रामीण शशक्तिकरण समाज तनहुं मार्फत निर्माण गरिएका ४४ वटा पेल्ट्रिक सेट मार्फत १३७.८५ किलोवाट बिद्युत्त उत्पादन भई १ हजार ६ सय ८१ घर धुरी,सोलार प्यानलबाट ५ हजार ४ सय ६४ घरधुरीले उर्जाको प्रयोग गर्दै आईरहेका छन भने केन्द्रिय प्रशारण लाइन मार्फत २७ हजार घरमा विद्युत्तीकरण सेवा पुगेको ग्रामीण उर्जा तथा वाताबरण शाखाले जनाएको छ ।
केन्द्रिय प्रशारणको बिद्युत्त लाइन जोडिएका शहर तथा वजारक्षेत्रमा लोड सेडिङको समस्या देखिएपनि ग्रामीण भेगमा उत्पादित लघुजलबिद्युत्तले भने लोडसेडिङ विनाको विजुली दिएर गाउंवस्तीलाई झिलिमिली पार्दै आईरहेको छ । आठ मेगावाटको आंखुखोला जलबिद्युत्त आयोजना निर्माण सम्पन्न भएपछि धादिङबासीको लागि थप उर्जा संगै विजुली पनि मिलेको छ ।