गीतसंगीत दुखसुखको साथी – रिता बुढाथोकी

2569 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रिता बुढाथोकी लोक तथा आधुनिक गायिका हुन् । २०६० सालबाट औपचारिक रुपमा लोक संगितिक क्षेत्रमा प्रवेश गरेकी हुन् । rita buddddathokiहालसम्म उनको स्वरमा पिरतीको भारी, साथी संगी घन्कियो मादल, सोल्टीनीलाई वैना मारेछु, नानी आखाँमा छाउन मन लाग्यो, मुसुक्क हास्योनी लगायतका गित बजारमा आइसकेको छ । निकै मिहेनती शालीन एवं मिलनसार गायिका रिता बुढाथोकीसंग धादिङ न्यूज डट कमका लागि नुवाकोटवाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकका सहसम्पादक अनिता अधिकारीले गर्नुभएको कुराकानी ः–
१) तपाइँको परिचय ?
म गायिका रिता बुढाथोकी, मेरो घर दाङ जिल्ला तुलसी नगरपालिका हो ।
२) के मा व्यस्त हुनुहुन्छ आजकाल ?
हालसालै मात्र मुसुक्क हांस्योनी को एल्बमको म्युजिक भिडियो सकेँ । त्यसैगरी बैदेशिक कार्यक्रमहरुमा सहभागी भएर फर्केकी छु । अहिले विभिन्न कार्यक्रममा व्यस्त भईरहेको छु ।
३) कसरी लाग्नु भयो संगित क्षेत्रमा ?
मलाई सानै देखि लोकसंगित, आधुनिक दुवै विद्या मन पथ्र्यो ।विभिन्न प्रतियोगितामा भाग लिन्थे ।त्यसैगरी २०६० बाट संगीत क्षेत्रमा लागेपनि अझ मैले २०६५ सालमा रेडियो नेपालमा स्वर पास गरेपछि अझ कटिबद्ध भएर लागेको हुँ । यसमा मलाई घरपरिवारको धेरै सपोर्ट छ ।
४) तपाई लोक गायिका कि आधुनिक गायिका ?
म आधुनिक गीत पनि गाउँछु । तर म आफुलाई लोक गायिका नै भनेर चिनाउछु र चिनिन्छु । किनकी कार्यक्रमहरुमा म बढी लोकगित नै गाउँछु । हुन त धेरैले थाहा पाउनु भएको छैन चलचित्रको गितमा स्वर दिने गरेकी छु ।
५) संगीत क्षेत्रमा लागेर के पाउनु भयो ?
संगीत क्षेत्रमा लागेर मैले इज्जत, सम्मान र नाम कमाएको छु । रिता बुढाथोकी को नाम लिएपछि चिन्छन् ।
बाटोमा हिँड्दा गायिका भन्छन् । त्यही हो ।
६) के गुमाउनुभयो ?
मैले संगीत क्षेत्रमा लागेर गुमाएको त केही पनि छैन होला मेरो समय चाही गुम्यो होला तर पनि म सन्तुष्ट छु ।
७) संगीत के हो ?
संगीत मानव जिवनमा नभई नहुने चिज हो । संगित विना मानव जीवन अपुरो हुन्छ ।संगीत दुखको अनि सुखको साथी हो ।
८) गीत संगीतको क्षेत्रमा शोषण हुन्छ भन्ने सुनिन्छ नि ?
खै मैले पनि सुनेकी छु । तर, मलाई विश्वास लाग्दैन । धेरैले भन्छन् हुन सक्छ । नहुने नै त होइन । किनकी कुनै व्यक्ति विशेषको
कारणले त्यस्तो हुन सक्छ र भएको छ ।
९) स्टेचको कार्यक्रममा निकै व्यस्त हुनुहुन्छ ? कमाई त राम्रै छ होला ?
हजुर ! व्यस्त नै छु । तर, म पैसासंग कुनै चिजलाई दाँज्दिन । किनकी पैसा नै ठुलो होइन । दाम भन्दा नाम ठूलो हो जस्तो
लाग्छ ।
१०) तपाई पश्चिमको मान्छे काँठेगित पनि गाउनु भएको छ ? कस्तो भयो अनुभव ?
तपाईले सही कुरा सोध्नु भयो ।म पश्चिम क्षेत्रको मान्छे काँठक्षेत्रको गीत पनि गाएको छु ।निकै रमाइलो लाग्यो । हुन त कलाकार भएपछि यो विद्या यो क्षेत्र भन्नु हुँदेन जस्तो लाग्छ मलाई ।
११) संचार क्षेत्रको सहयोग कत्तिको पाउनु भएको छ ।
संचार क्षेत्र र संचारकर्मीले अत्यन्त ठुलो सहयोग गर्नुभा’छ । रिता बुढाथोकीलाई चिनाउन संचार क्षेत्रको पनि महत्वपुर्ण भूमिका छ ।
१२) तपाईंको पछिल्लो एल्बम मुसुक्क हाँस्यौनीबाट कत्तिको सन्तुष्टि हुनुहुन्छ?
मेरो पछिल्लो एल्बम मुसुक्क हाँस्यौनीबाट अत्यन्त सन्तुष्टि छु । अडियो बजारमा आएको केही समयपछि मात्र म्युजिक भिडियो गरेकी थिएँ, त्यसले अझ राम्रो गरेको आभास भएको छ । र यो गीतको म्युजिक भिडियोमा नुवाकोट जिल्लाकै चर्चित मोडल रश्मी तामाङले अभिनय गर्नुभएकोले पनि नुवाकोटबासीहरुले मन पराई दिनु भएको छ ।
१३) अन्त्यमा,
मेरो मनको भावनाहरु राख्न दिनुभएकोमा तपाई र धादिङ न्यूज डट कम अनलाईनलाई धेरै धन्यवाद र उत्तरोत्तर प्रगतीको कामना ।