सरकार थप नगरपालिका घोषणा गर्ने तयारीमा

1051 पटक पढिएको

१६ पुष २०७१, बुधबार ०७:३७ सम्पादक: धादिङ न्यूज

Ministry of Local Developmentकाठमाडौं । सरकारले पुनः संभावित क्षेत्रलाई नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । सरकारले गत मङ्सिर १६ गतेको निर्णयमा थप संभावित क्षेत्रलाई नगरपालिकामा रुपान्तरण गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई प्राविधिक समिति बनाई अघि बढ्न कार्यदेश प्रदान गरेको हो ।
यस अघि सरकारले गत वैशाख २५ गते ७२ वटा नगरपालिका र मङ्सिर १६ गते ६१ वटा नयाँ नगरपालिका घोषणा गरी नगरपालिकाको संख्या १९१ पु¥याएको छ । नगरक्षेत्र निर्धारण सिफारिस समितिले गत साउन १३ गते ६६ वटा नगरपालिका घोषणाका लागि सरकारलाई प्रस्ताव गरे पनि सरकारले भने ६१ वटा नगरपालिका मात्र घोषणा गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
समितिले घोषणा गर्न सरकारलाई प्रस्ताव गरेको तर विवादका कारण घोषणा हुन नसकेको ललितपुरको बज्रबाराही, स्याङ्जाको गल्याङ्ग, तनहुँको भानु भिमाद, रिसिङ्ग र बर्दियाको बबई घोषणा हुन सक्ने र अन्य पूर्वाधार र मापदण्ड पुगेका गाविसलाई पनि नगरपालिका घोषणा गर्न सकिने संभावना रहेको मन्त्रालयले जनाएको छ ।