शहिदहरुको सम्झनामा शहिद दिवस मनाईदै

633 पटक पढिएको

सम्पादक: Dhading News

download (1)काठमाडौं, – आज माघ १६ गते अर्थात् शहीद दिवस । तत्कालीन एकतन्त्रीय जहाँनियाँ राणा शासनविरुद्ध प्रजातन्त्रको पक्षमा आवाज उठाउँदा शहादत प्राप्त गरेका चार सपुत शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा आजका दिन शहीद दिवस मनाउने गरिन्छ ।
प्रातःस्मरणीय चार सपुतहरुलाई विक्रम सम्वत १९९७ सालको माघ महिनामा तत्कालीन राणा शासकले कठीन यातनापछि मृत्युदण्ड दिएका थिए । राणा शासकले शुक्रराज शास्त्रीलाई माघ १० गते टेकु पचलीमा रहेको खरीको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिएका थिए । माघ १३ गते धर्मभक्तलाई सिफलमा, १५ गते गंगालाल र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।